पर्यटनको नयाँ गन्तव्य खोज्दै रुरुक्षेत्र, साहसिक खेल प्याराग्लाईडिङको परिक्षण उडान सफल

भुवन भुसाल, गुल्मी

गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले प्याराग्लाईडिङको सफल परिक्षण उडान गरेको छ । पर्यटन क्षेत्रको बिकास गर्दै पालिकाको आर्थिक समृद्धिको योजना बनाएको रुरुक्षेत्रले पर्यटन क्षेत्रको बिकासमा टेवा पुग्ने उद्देश्यले पर्यटकको लागि गन्तव्यहरुको खोजी गरिरहेको छ । पालिकाको वडा नं. ६ बंघाकोट बाट परिक्षण उडान गरिएको छ ।

 

धार्मिक र प्राकृतिक सम्पदाले सम्पन्न रुरुक्षेत्रमा नेपालकै ४ धाम मध्य पर्ने रुरुक्षेत्र धाम देखि लिएर भुरे राजाले राज्य गरेको एतिहाँसिक बंघाकोट र ऋषि शृङ्गीले तपस्या गरेको पावन क्षेत्र शृङ्गेश्वर धाम समेत छ । “हामिले केही साहशिक खेलको माध्यम बाट पर्यटन बिस्तारको योजना बनाईरहेका छौँ त्यसै अन्तर्गत प्याराग्लाईडिङको सफल परिक्षण उडानले हामीमा थप आशा जागेको छू गाउपालिका अध्यक्ष यदु ज्ञवालीले भने ।” “अहिले रुपन्देहीमा ४० डिग्री माथीको गर्मी छ, त्यहाँका स्थानियलाई हाम्रोमा ल्याएर चिसो आकासमा उडाउन सकियो भने बल्ल हाम्रो पर्यटन प्रवर्द्धन संगै आर्थिक बिकास हुन सक्छ अध्यक्ष ज्ञवालीले भने ।”

 

प्रमुख प्रशासकिय अधिकृत मधु पौड्याललका अनुसार बंघाकोट बाट प्याराग्लाईडिङ उडाएर भण्डारी डाडाँ र घिउबेसीमा अवतरण गराईएको छ । “उडान संभव छ भन्ने अब थाहा भयो यसलाई कसरी व्यवसायीक बनाउन सकिन्छ भन्नेबारे आगामी दिनमा छलफल गरेर अगाडि बढ्छौं” अधिकृत पौड्यालले भने । अहिलेलाई परिक्षण उडान पछि उडान र अवतरण गर्ने स्थानमा केही परिवर्तन गर्ने सुझाव प्याराग्लाईडिङ पाईलटले दिएकाले त्यस अनुसारको काम समेत गर्नु पर्ने अधिकृत पौड्यालको भनाई छ ।

 

 

कुनै समय  “नेपालमा विद्युतको सुरुवात पुर्व”  भारतको गोरखपुरमा बलेको बत्ती देख्न सकिन्थ्यो भन्ने कथन रहेको बंघाबाट भएको परिक्षण उडानलाई व्यवसायीक बनाउन सके गुल्मीबाट मात्र होईन देश बिदेशका धेरै पर्यटकको गन्तव्य रुरुक्षेत्र बन्न सक्ने बिश्वास लिएको वडा न ५ का वडा अध्यक्ष हरि प्रसाद ज्ञवालीले बताएका छन । “यहाँ बाट उडान गर्दा एकै साथ हिमाल पहाड र तराई देख्न सकिन्छ तसर्थ यो अलौकिक क्षेत्र हो, सबैको साथ पाए पक्कै यो सपना पूरा हुन्छू वडा अध्यक्ष ज्ञवालीले भने ।”

 

पर्यटन क्षेत्रबाट आम्दानी देखेको रुरुक्षेत्रले पालिकाका विभिन्न स्थानमा सौन्दर्यकरण, ट्री हाउस जस्ता नयाँ सोचले आन्तरिक पर्यटनको प्रवर्द्धन, पुराना एतिहाँसिक क्षेत्र रुरु,बंघा र शृङ्गेश्वरमा भौतिक संरचना निर्माण लगाएतका काम गरिरहेको छ ।

 

पोखराको स्काई राईडर्स बाट आएका २ पाईलटले उड्ने र अवतरण गर्ने स्थानको अवस्था, आकासको थर्मल लगायतको परिक्षण गरि आवस्यक सुधारको सुझाव समेत दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?