कपिलवस्तुमा प्रेमीले गरे प्रेमीका र उनको काकाको हत्या

कपिलवस्तुमा एक युवकले चक्कु प्रहार गर्दा दुई जनाको ज्यान गएको छ । रुपन्देहीको कञ्चन गाउँपालिका–२ का २२ बर्षका मोहन थारुले चक्कु प्रहार गर्दा कपिलवस्तुको बाणगंगा नगरपालिका–६ मटेरियाकी २२ वर्षकी अञ्जनी थारु र उनका काका ७० वर्षका बमबहादुर थारुको मृत्यु भएको हो ।

 

प्रहरीका अनुसार बिहीबार बिहान सवा नौ बजेतिर अञ्जनीको घरमा पुगेका मोहनले अञ्जनीमाथि चक्कु प्रहार गरेका थिए । रोक्न पुगेका अञ्जनीका काकालाई समेत मोहनले चक्कु प्रहार गरेका थिए ।

 

चक्कु प्रहारपछि गम्भीर घाइते बमबहादुरको कपिलवस्तुकै स्थानीय स्वास्थ्य संस्थामा र अञ्जनीको मेडिकल कजेल भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन बस्नेतले बताए ।

 

प्रहरीले मोहनलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । मोहन र अञ्जनीबीच विगतमा प्रेम सम्बन्ध रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?