एक महिलाले आफूसहित दुई छोरालाई विष खुवाउँदा एक छोराको ज्यान गयो

मकवानपुरमा एक महिलाले आफूसहित दुई छोरालाई विष खुवाएकी छिन् । हेटौँडा–१५, जाँतेकी ३६ वर्षीया एक महिलाले हिजो बेलुका सात वर्षीय र १८ महिने छोरालाई विष खुवाएर आफूले पनि खाएकी प्रहरीले जनाएको छ ।

 

विष खाएका १८ वर्षका छोराको उपचारका क्रममा बिहान ज्यान गएको छ भने महिला र उनका अर्का सात वर्षका छोराको भरतपुर अस्पताल चितवनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

 

उनका अनुसार सात वर्षका छोरा गम्भीर बिरामी नभए पनि महिलाको अवस्था गम्भीर छ । उनले झार मार्ने विषादी आफूसहित बच्चालाई खुवाएको पाइएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?