बन्दुकको छर्रा लागेर एकजना गम्भिर घाइते

दाङमा भरुवा बन्दुकको छर्रा लागेर एक युवक गम्भिर घाइते भएका छन । घाइते हुनेमा घोराही उपमहानगरपालिका ११ का ३१ बर्षीय यमबहादुर बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

 

बुधबार बिहान १० बजेतिर घर नजिकैको जंगलमा बाख्रा चराउन गएका विक पेटमा गोली लागेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जंगलमा बन्दुकको आवाज सुनेको र त्यसपछि आँफुलाई पेटमा गोली लागेको भन्दै घाइते यमबहादुरले आफ्ना दाजु सुशिल बिकलाई खबर गरेपछि उनको उद्धार गरिएको हो ।

 

घटनास्थलमा पुगेको प्रहरी टोलीले सर्च अभियान चलाउँदा हिजो बेलुकी पाँच बजेतिर जंगलबाट एउ टा भरुवा बन्दुक र पड्किएको खोका बरामद गरेको जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर वलीले जानकारी दिएका छन् । घाइते यमबहादुरका दाजु सुशिललाई सोधपुछ गर्दा जंगलमा बरामद भएको बन्दुक आफ्नै घरको भएको बयान दिएको प्रहरीको भनाई छ ।

 

घरबाटै बन्दक लगेर यमबहादुर जंगलमा बाख्रा चराउन गएको बताइएको छ । यमबहादुर भिरमा हिड्ने क्रममा बन्दुकसहित लडेर छर्रा लागेको हुन सक्ने वा उनले आँफैले आँफैलाई गोली हानेको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान रहेको छ । घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकोले यसवारे थप अनुसन्धान पछि हुने प्रहरीको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?