साकार हुँदै सांसद भण्डारीको सपना, पाणिनी देखि दुर्गाफाँट सुरुङ्गमार्ग बनाउन सम्भाब्यता अध्ययन गरिने

 

गोबिन्द झाँक्री, गुल्मी
सालझण्डि ढोरपाटन सडकको पाणिनी देखि दुर्गाफाँट सुरुङ्गमार्ग बनाउन सम्भाब्यता अध्ययन गरिने भएको छ । गुल्मी निर्वाचन क्षेत्र न १ का संघीय सांसद डा. चन्द्र भण्डारीको विशेष पहलमा उक्त क्षेत्रमा सुरुङ मार्गको लागि सम्भाब्यता अध्ययन गरिने भएको छ । सांसद भण्डारीले गुल्मीलाई रुपन्देही संग सहज मार्गको अवधारणा सहित निरन्तर बजेटको माग गर्दै आईरहेका छन ।

रुपन्देही कपिलवस्तु लगायतका जिल्ला संग अर्घाखाँची, गुल्मी र बाग्लुङलाई छोटो सडक संजाल संग जोड्ने उदेश्यले निर्माणाधिन उक्त सडकमा सुरुङ मार्गको अध्ययन गरिने भएपछी यस भेगका स्थानियमा खुशी छाएको छ ।

“बैज्ञानिक तवरले सुरक्षित र वातावरण मैत्री सडक सञ्जालको विकास गरी दुर्घटना न्युनीकरण र समयको बचत गराउनको लागि सुरुङ मार्ग बिकास कार्यक्रम अन्तर्गत योजना राख्न पहल गरेको र बजेटको व्यवस्था गरेकोमा सरकारलाई धन्यवाद” संघिय सांसद चन्द्र भण्डारीले भने । “अहिले सम्भावनाको खोजी गर्न तत्कालका लागि २० लाख बजेट बिनियोजन भएको छ, अध्ययनको निष्कर्ष पछी थप बजेटको माग गर्छौ” भण्डारीले भने ।

गुल्मी, अर्घाखाँची लगायतका पहाडी जिल्लालाई तराई बाट अलग बनाउन नहुने भन्दै आन्दोलनको नेतृत्व गरि निष्कर्षमा पुर्याएका भण्डारीले अब दुरि पनि नजिक बनाउन बिकाशको काम गरिरहेका छन । कांग्रेस नेता समेत रहेका भण्डारी बिकास प्रेमी नेताको छवि बनाएका नेता हुन । जलन बाट घाईते भएर उपचार पश्चात् आराम गरिरहेका उनी अहिले पनि घरमै नियमित उपचारमै छन । आफू बजेट माग गर्न मन्त्रालय जान नसक्ने अवस्थामा पनि उनले हरतरहले आफ्नो गृह जिल्लाको बिकासको लागी बजेटको व्यवस्थापन गर्न लागीपरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?