छत्रकोटमा भुमिहिन र अव्यवस्थित बसोबासीलाई निस्सा बितरण


भुवन भुसाल, गुल्मी

गुल्मीको छत्रकोट गाउँपालिकाले भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई निस्सा बितरण सुरु गरेको छ । छत्रकोटमा हालसम्म भुमिहिन दलित ८ जना भुमिहिन सुकुम्बासी १३ जना र अव्यवस्थित बसोबासी १२८ जना रहेको राष्ट्रिय भुमी आयोग गुल्मीले जनाएको छ । सोमवार एक कार्यक्रमका बिच छत्रकोटका १ सय ४३ जनाले निस्सा प्राप्त गरेका छन । १ सय ४९ जनाले आबेदन दिएको भएपनी ६ जनाले निस्सा प्राप्त गर्न अयोग्य रहेको राष्ट्रिय भुमी आयोग गुल्मीका बिज्ञ सदस्य तिलाचन पाण्डेले जानकारी दिनुभयो ।

कार्यक्रमलाई संबोधन गर्दै गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले निस्सा प्राप्त गर्ने सबैलाई बधाई दिदै अब कोहि पनि नागरिक भुमिहिन हुन नपर्ने अवस्था सिर्जना भएकोमा खुसी व्यक्त गर्नुभयो ।

छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेय,राष्ट्रिय भुमी आयोग गुल्मीका अध्यक्ष राम मल्ल ठकुरी, गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवाली, राष्ट्रिय भुमी आयोग गुल्मीका बिज्ञ सदस्य तिलाचन पाण्डे, छत्रकोटका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुन, छत्रकोट १ का वडा अध्यक्ष घनस्याम न्यौपाने, वडा नं २ का अध्यक्ष नरेन्द्र पल्ली, ३ का वडा अध्यक्ष तेजकान्त अर्याल लगायत राजनैतिक दलका प्रतिनिधि समेतको उपस्थिति रहेको थियो ।

निस्सा प्राप्त गरेकाहरुलाई जग्गा प्रदान गर्न जग्गा नाँपजाँचको काम सुरु गरिने भुमी आयोग गुल्मीले जनाएको छ । यो भन्दा अगाडि गुल्मीका ९ वटा पालिकाहरुले निस्सा प्रदान गर्न थालिसकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?