अविरल वर्षाले रुरुक्षेत्रको बलेटक्सारमा एक घर भत्कियो


भुवन भुसाल, गुल्मी
अविरल बर्षाले गुल्मीको रुरुक्षेत्रमा एक घर भत्किएको छ । बलेटक्सार बजारमा रहेको खगेन्द्र श्रेष्ठको घर भत्किएको उद्योग बाणिज्य संघ बलेटक्सारका अध्यक्ष तोयनारायण ज्ञवालीले बताउनुभयो ।

 

घर भत्किंदा अहमद मियाको पसलमा क्षती पुग्नुका साथै घरको पछाडि पार्किङ गरेर राखिएको एउटा मोटरसाइकल पुरिएको छ । पसलमा रहेका सामान भने स्थानियको सहयोगमा सोही स्थानका ईम बहादुर केशी र राजकुमार श्रेष्ठको घरमा सुरक्षित गरिएको छ । पसलका मालिक मिया ईद मनाउन घर गएकाले मानवीय क्षती हुन बाट बचेको अध्यक्ष ज्ञवालीले बताउनुभयो ।

 

गुल्मीमा गत ३ दिन देखि अविरल वर्षा भईरहेको छ । ( तस्बिर तोयनारायण ज्ञवालीको फेसवुकबाट सभार गरिएको )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?