जवाफदेहिता सहितको रुरुक्षेत्र : सार्वजनिक सुनुवाई सम्पन्न


गुल्मी

गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । पालिकाले सम्पन्न गरेका कामको बिषयमा नागरिकले जान्न पाउने र नागरिकले उठाएका बिषयमा फवाफ दिन सार्वजनिक सुनुवाई आयोजना गरिएको हो ।

गाउँपालिकाको वडा न ६ रिमुवा र वडा नं १ रिडिमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि सार्वजनिक सुनुवाई सम्पन्न गरिएको हो । कार्यक्रमको सुरुमै बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेलले चालू आर्थिक वर्षमा गाउँपालिकाले सम्पन्न गरेका कामका बिषयमा जानकारी राख्दै ती बिषयमा नागरिकका जिज्ञासा भए प्रश्न गर्न आग्रह गर्दै आगामी आर्थिक वर्षको लागि महत्वपूर्ण सुझाव छन भने दिन समेत आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा सहभागीहरुले कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार, बाँदर आतंक लगायतका बिषयमा सक्रियताका साथ जिज्ञासा राखेका थिए । युवक देखि महिला, बयोबृद्द, राजनैतिक दल, आमा समूह, युवा क्लब, उपभोक्ता समिती, विभिन्न समुदायको प्रतिनिधित्व गर्ने व्यक्तिहरुले मन खोलेर जिज्ञासा राखेका थिए ।

कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ जवाफदेही वक्ताको रुपमा रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवाली, उपाध्यक्ष मिनादेबी गौतम, प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेल, वडा न १ का वडा अध्यक्ष नवराज बि.क , वडा न ३ का वडा अध्यक्ष शेषनारायण पौडेल, वडा नं ४ का वडा अध्यक्ष मोति प्रसाद श्रेष्ठ लगायत बिषयगत शाखा प्रमुखहरुले जवाफ दिनुभएको थियो ।

कार्यक्रमको सहजीकरण पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल, पत्रकार हुमाकान्त पोख्रेल र भुवन भुसालले गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?