प्रेस युनियन गुल्मीले मनायो विपी स्‍मृति दिवस, जिल्लाका विभिन्न पालिकामा वृक्षरोपण

 

गुल्मी । नेपाल प्रेस युनियन जिल्ला शाखाले आज एक कार्यक्रमक बिच गुल्मीका विभिन्न पालिकामा वृक्षरोपण गरेको छ।
महामनाव विपि कोइरालाको ४१ औं स्मृति दिवसकोअवसर पारी प्रेस युनियन गुल्मीले जिल्लाको रेसुङ्गा नगरपालिका ,मुसिकोट नगरपालिका,गुल्मी दरबार गाउँपालिका र छत्रकोट गाउँपालिकामा वृक्षरोपण गरिएको प्रेस युनियन गुल्मीका अध्यक्ष सुमन महताराले जानकारी दिए।साउन ५ गते बसेको कार्यसमितिको पहिलो बैठकको निर्णय अनुसार कार्यक्रम गरिएको अध्यक्ष महताराले जानकारी दिए।

महामानव विपिले पुर्याएको योगदानको स्मरण सहित पर्यावरणीय सन्तुलन कायम गर्न र कलम मात्रै चलाउने पत्रकारहरु पनि सामाजिक र कल्याणकारी कार्यमा सक्रिय छन् भन्ने सन्देश दिनको लागि उक्त कार्यक्रम आयोजना गरिएको सचीव सागर भण्डारीले जानकारी दिए।
प्रेस युनियन गुल्मीले चार पालिकामा झन्डै एकसय बिरुवा रोपिएको सचिव भण्डारीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?