छत्रकोटमा सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको भेला, अन्तरक्रिया र तिजको शुभकामना सम्पन्न

भुवन भुसाल, गुल्मी । गुल्मीको छत्रकोटमा महिला स्वास्थ्य स्वयंसेविकाहरु हुँगामा भेला भएर अन्तर्कृया गरेका छन । छत्रकोट गाउँपालिकाको हुँगा स्वास्थ्य चौकीमा एक भव्य समारोहका बीच अन्तर्कृया कार्यक्रम सम्पन्न भएको हो ।

अन्तर्कृया कार्यक्रमको प्रमुख अतिथी रहनुभएका छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । गाउँको घर आगनका डाक्टर भनेर महिला स्वास्थ्य स्वयंसेविकालाई सम्बोधन गर्नुभएका अध्यक्ष पाण्डेयले भोकैपेट समाजसेवा गर्न पछाडी नपर्ने महिला स्वास्थ्य स्वयंसेविकाले गरेका काम अनुकरणीय रहेको बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएकी गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीले स्वयंसेविका महिलाहरुले खुल्ला दिशामुक्त पालिका बनाउन, पुर्ण खोप युक्त पालिका घोषणा गर्ने देखि पालिकाका स्वास्थ्य संग सम्बन्धी गरेक गतिविधिमा कृयाशिलता देखाएको उल्लेख गर्नुभयो ।

छत्रकोट गाउँपालिकाकि पुर्व उपाध्यक्ष नर्मदा भण्डारीले पहिलो सरकारले सुरु गरेका कामको निरन्तरता र बडोत्तरीका लागि छत्रकोट गाउँपालिकालाई धन्यवाद दिनुभयो । वहाले महिला स्वास्थ्य स्वयंसेविकालाई पेन्सन दिने कुरा प्रशंसायोग्य रहेको समेत बताउनुभयो ।

छत्रकोट १ का वडा अध्यक्ष घनश्याम न्यौपानेले महिला स्वास्थ्य स्वयंसेविकाले समाजलाई लगाएको गुण समाजले कहिल्यै तिरेर नसक्ने बताउनुभयो ।

छत्रकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर पोख्रेलले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले स्वास्थ्यका विभिन्न कृयाकलाप ग्रामिण भेगमा संचालन गर्दा आईपरेका अफ्ट्यारो र गुनासो जनप्रतिनिधि, राजनैतिक दल, कर्मचारी र समाजका अन्य क्षेत्रका मानिसहरुलाई सुनाउने र सुन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । पोख्रेलका अनुसार छत्रकोट गाउँपालिकाले स्वयमसेविकाहरुलाई अनिवार्य अवकासका समय निबृत्तीभरण दिने गरेको सुनाउँदै महिला स्वास्थ्य स्वयंसेविकाहरुले पनि गाउँगाउँमा गरेका नयाँ अभ्यास सुनाउन आग्रह गर्नुभएको थियो ।

नेपाली कांग्रेस गुल्मीका उपसभापति अनन्त पौडेलले भौगोलिक बिकटता, जनताको चेतना स्तर, राज्यले उपलब्ध गराएको स्वास्थ्य सेवा सुबिधाको तुलनामा महिला स्वास्थ्य स्वयंसेविकाले पुर्याएको योगदान अतुलनीय रहेको बताउनुभयो ।

डा. बिवेक बिराट खनालले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु स्वास्थ्य क्षेत्रमा अति महत्वपूर्ण रहेको भन्दै सधै सम्मान गर्न लायक रहेको बताउनुभयो । अति पिछडिएको क्षेत्रमा समेत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका पुग्नेगरेको बताउँदै सेवासुबिधा नलिई सत्कर्म गर्नेहरु महिला स्वास्थ्य स्वयंसेविकाहरुनै रहेको उल्लेख गर्नुभयो ।

छत्रकोटका पुर्व प्रमुख प्रशासकिय अधिकृत पुण्य प्रसाद पौडेलले ५० सालदेखी जनताको सेवामा कृयाशिल महिला स्वास्थ्य स्वयंसेविकाहरुको काम नदेखेको कोहि नभएको बताउँदै रातदिन नभनेर काममा प्रतिबद्ध महिला स्वास्थ्य स्वयंसेविकाहरुले लिने डाटा र रिपोर्ट वास्तविक हुने भन्दै प्रशंसा गर्नुभयो । महिला स्वास्थ्य स्वयमसेविकाहरुको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम ल्याउनुपर्ने बताउँदै त्यसले गुणस्तरीयतामा वृद्धि हुने बताउनुभयो ।

सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका सचिव उमाकला राईले कार्यक्रममा बोल्दै अझै थप नयाँनयाँ तालिमको आयोजना गरि उर्जावान बनाउन गाउँपालिकालाई आग्रह गर्नुभयो । त्यस्तै गुल्मीदरवारकी महिला स्वास्थ्य स्वयंसेविका लिला थापाले महिला स्वास्थ्य स्वयंसेविकाले धेरै राम्रा कामहरु गरेको उल्लेख गर्दै कहिँ कमजोरी भए सुझाव दिन आग्रह गर्नुभयो । वहाँले महिला स्वास्थ्य स्वयंसेविकाहरुको आफ्नो परिवार भन्दा ठूलो समाज हुने गरेको बताउदै आफुले गरेका सत्कर्मको प्रचारप्रसार समेत गरेर अरुलाई पनि प्रेरणा दिन आग्रह गर्नुभयो ।

स्वयंसेविका सीता भण्डारीले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?