देवि भगवती मन्दिरमा ऋषि पन्चमी पुजा हुने, तयारी पुरा


भुवन भुसाल, गुल्मी ।

गुल्मीको छत्रकोट ३ लुम्छा भालुपानीमा अवस्थित देवि भगवती मन्दिरमा ऋषि पन्चमी पुजा हुने भएको छ । देवि मन्दिर, हनुमान मन्दिर र गणेश मन्दिर समेत रहेको मन्दिर परिसरमा पुजा आयोजना गरिएको हो ।

ऋषि पन्चमीको अवसरमा पुजा हुनेभएपछी आज यहाँका स्थानीयहरु भेला भएर मन्दिर सरसफाई गरेका छन । यस क्षेत्रका सबै स्थानियहरु जुटेर मन्दिर सरसफाई गरिएको मन्दिर व्यवस्थापन समिती अध्यक्ष शालिकराम भुसालले जानकारी दिनुभयो । “बर्खाको सिजन छ, पानी परेछ भनेपनी हामी संग मन्दिरमा पौवाहरु छन, खानेपानी शौचालयको पनि राम्रो व्यवस्था छ त्यसैले पुजा गर्न आउने श्रद्धालुहरुलाई सहज हुन्छ” अध्यक्ष भुसालले भन्नुभयो ।

 

भोली मंगलबार मंगल चौथी पनि परेकाले पहिले गणेश मन्दिरमा मंगल चौथी पुजा गरेर ऋषि पुजा गरिने पण्डित घनस्याम ज्ञवालीले बताउनुभयो ।  पुजा बिहान ७ बजे देखि सुरु हुने छ । पुजाको लागि आवस्यक सबै तयारी सकिएको व्यवस्थापन समिती सचीव धनपती पन्थले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?