वर्षाका कारण पर्वतमा एक घर भत्कियो

लगातार परिरहेको अविरल वर्षाका कारण जमिन गलेपछि पर्वतको फलेवास नगरपालिका–९ भंगरामा एक घर भत्किएको छ। भँगरा स्थित सिरुवारिका ६६ वर्षीय बोमप्रसाद भुसालको घर बुधबार बिहान पौने नौ बजेको समयमा भत्किएर पूर्ण रुपमा क्षति भएको हो।

 

घरसँगै जोडिएर रहेको कोठा जोगिएको भए पनि घरको मुख्य भाग भने पूरै भत्किएको पीडित भुसालले बताए। घरभित्र मानिस नभएको बेलामा भत्किएकाले मानवीय क्षति भने हुन पाएन।

 

भत्किएको भाग ‘किचन’ का रुपमा प्रयोग हुँदै आएको थियो। भुसाल दम्पती भत्किएर बाँकी रहेको सोही घरसँगै टाँसिएर बनेको कोठामा बसिरहेका छन्। वर्षा नरोकिएकोले भत्किएको घरमा रहेका सामग्रीहरू निकालेर सुरक्षित स्थानमा सार्न पनि समस्या भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?