खराब मौसमका कारण हवाई उडान प्रभावित

प्रतिकूल मौसमका कारण बुधबार हवाई उडान प्रभावित बनेको छ । विमानस्थल स्रोतका अनुसार आज काठमाडौं–पोखरा रुटमा कुल ९ वटा उडान भएको छ । त्यसपछि यो विमानस्थलमा उडान प्रभावित बनेको छ ।

बुधबार तुम्लिङटारका पनि सबै उडानहरु रद्द भएका छन् ।भरतपुरमा समेत बुधबार १ मात्र उडान भएको थियो । त्यसपछि उडान प्रभावित बनेको छ । निरन्तरको झरीका कारण काठमाडौंदेखि देशैभरको मौसम प्रतिकूल बनेको छ । यसले उडानमा प्रभाव परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?