गुल्मीको भञ्ज्याङ्मा उम्रीएका हिमाल NRNA NCC रिजनल उपसंयोजकमा भिड्दै

भुवन भुसाल, गुल्मी । भनिन्छ ठूलो र पवित्र उद्देश्य भएको मान्छेलाई केहिले छेक्दैन । त्यहीँ फराकिलो हृदय भएका कर्मठ युवा हुन ३६ वर्षिय हिमाल गौतम । गौतमलाई सबैले चिन्दैनन तर दिनदुखी गरिव र असहायहरुले भने चिन्ने मात्रै होईन उनको दिर्घायुको समेत कामना गर्दछन कारण को उनको सामाजिक कर्म । हिमालले नेपालका हरेक बिपत्तिमा आफ्नो गाँस काटेर, हरेक असहायको दुखमा आफ्नो खर्च बचाएर सहयोग पठाउँदै आएका छन ।

गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं २ को भञ्ज्याङ् मा बुवा स्वर्गीय चिन्तामणी गौतम र माता दिल कुमारी गौतमको कोखबाट २०४३ साल पुष ३ गते जन्मलिएका हिमालले व्याचलर सम्मको अध्ययन गरेका छन । देशमा सुनौलो अवसर नपाएपछी उनी सन २००७ मा बैदेशिक रोजगारिका निम्ति कतार पुगे । अझै सुनौलो अवसर पछ्याउँदै सन २०११ मा दुबै पुगेका उनी २०१५ देखि पपुवान्युगिनी लाई कर्मथलो बनाईरहेका छन ।

ग्रामिण दुख राम्रो संग भोगेका र देखेका हिमाल भञ्ज्याङ् को खोँचमा जन्मिएको पिपल जस्तै हुन । आफ्नो व्यक्तिगत जिवनलाई व्यवस्थित बनाउँदै सामाजिक कर्ममा कृयाशिल उनी त्यहाँ रहेका नेपालीका दुखमा मल्हम समेत बन्दै आएको सोही ठाउँमा बस्ने सन्तोष खत्रीले बताए । “हिमाल दाई परिवारको मात्रै छोरा होईन वहाँ त वास्तविक देशको सपूत हो, कसैको दुख देख्न सक्नुहुन्न सहयोग गरिहाल्नुहुन्छ” सन्तोषले भने । त्यहाँ मात्रै होईन हिमालले नेपालमा २०७२ सालको भुकम्प र कोभिडकालमा समेत राहत र स्वास्थ्य सामाग्री पठाएर जन्मथलोको गुन तिरेका थिए ।

NRNA NCC पपुवान्युगिनीको एक कार्यकाल युवा संयोजक बनेर काम गरेका सामाजिक कर्ममा रमाउने हिमालले एक कार्यकाल महा सचिव हुँदै हाल त्यहीँको वरिष्ठ उपाध्यक्ष पदमा काम गरिरहेका छन । यहीँ अक्टोबर १७ देखि २० सम्म काठमाडौमा सम्पन्न हुन लागेको एन आर एन ए अन्तरास्ट्रिय समन्वय परिषदको अधिवेशनमा उनी रिजनल उपसंयोजक पदमा भिड्न लागेका छन । “म अध्यात्ममा बिष्वास गर्ने व्यक्ती हुँ, धर्मशास्त्र गितालाई आत्मसाथ गर्छु, निस्काम कर्म भन्छन नि हो त्यहीँ काम गर्दै जाँदा धेरैको सल्लाह बमोजिम उम्मेद्बारी दिने सोंच बनाएको हुँ आगे मेरो कर्मको फल जे छ त्यहीँ आउला, संस्था बलियो हुनुपर्यो म केही होईन” हामी संगको फोनमा हिमालले भने ।

काठमाडौमा सम्पन्न हुने अधिवेशनले एनआरएनएनए को अस्ट्रेलिया, पपुवान्युगिनी,न्युजिल्यान्ड, लगायत ३६ राष्ट्रको अन्तरास्ट्रिय समन्वय परिषदको चयन गर्नेछ । यसको कार्यकाल २०२५ सम्म रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?