गुल्मी पल्लिकोटको सरायँ नाच होटल पौवा बुटवलमा देखाईदै

भुवन भुसाल, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका पल्लिकोटको सरायँ नाच होटल पौवा रुपन्देहिमा देखाईने भएको छ । यहीँ कार्तिक १७ गते शुक्रबार साँझ होटल पौवा तिलोत्तमा योगिकुटी बुटवलमा देखाईने होटल पौवाले जनाएको छ ।

व्यवसायीक धर्म निभाउँदै सस्कृती संरक्षणमा समेत योगदान पुर्याईरहेको होटल पौवाले सास्कृतिक कलाको प्रचारप्रसार गरि पर्यटन आगमनमा वृद्धि गर्न सकिन्छ भन्ने संदेश दिन यो कार्यक्रमको आयोजना गरेको होटल पौवाका ब्राण्ड प्रमुख बिष्णु भण्डारीले जानकारी दिनुभयो । “आज पनि सहरका बालबालिका देखि युवा सम्मले सरायँ नाच नदेखेको अवस्था छ, यसको ईतिहास समेत बुझाउँदै सराय नाचको प्रचार गर्न कार्यक्रमको आयोजना गरिएको हो” भण्डारीले भन्नुभयो । सरायँ संगै लौरो नाच समेत प्रदर्शन गरिने भण्डारीले बताउनुभयो ।

१७ गते शुक्रवार साँझ ७ बजेदेखी सरायँ नाच प्रस्तुत गरिने होटल पौवाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?