बलेटक्सार क्रीकेट कप सुरु, २० टिम सहभागी, प्रथम हुनेले कति पाउँछ ?

भुवन भुसाल, गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा बलेटक्सार क्रीकेट कप सुरु भएको छ । आज देखि सुरुभएको प्रतियोगितामा २० टिमको सहभागिता रहेको आयोजकले बताएको छ ।

क्रीकेट कपमा प्रथम हुनेले १ लाख २१ हजार १ सय २१ पुरस्कार पाउनेछ भने दोश्रो हुने टिमले ६१ हजार १ सय ६१ पुरस्कार पाउने बलेटक्सार युवा क्लबका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा गुल्मी, पाल्पा, बाग्लुङ र रुपन्देही जिल्लाबाट २० टिमको सहभागिता रहेको छ ।

रुरुक्षेत्र गाउँपालिकाको वडा नं ४ मा रहेको घ्युबेसी खेल मैदानमा सुरुभएको खेल एक हप्तामा सक्ने अपेक्षा गरेको आयोजकले बताएका छन । खेल एलबीडब्लू बाहेक आईसीसीको नियमानुसार हुनेछ । खेलको उदघाटन रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले गर्नुभयो । एक औपचारिक कार्यक्रमका बिच खेल उदघाटन गरिएको हो । कार्यक्रममा क्लबका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, रुरुक्षेत्र गाउँपालिका उपाध्यक्ष मिनादेवी गौतम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे, वडा नं ४ का वडा अध्यक्ष मोती प्रसाद श्रेष्ठ, कार्यपालिका सदस्यहरु, उद्योग बाणिज्य संघ बलेटक्सार अध्यक्ष तोयनारायण ज्ञवाली, क्लब सल्लाहकार कमल श्रेष्ठ लगायत स्थानिय समाजसेवी, बुद्धिजिवी, खेलप्रेमीहरुको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?