भूकम्पका कारण सडक अवरुद्ध हुँदा उद्धारमा कठिनाइ

गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण ठाउँठाउँमा सडक अवरुद्ध हुँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितको उद्धारमा समस्या भएको छ ।

कर्णाली प्रदेश प्रहरीको जानकारी अनुसार केही ठाउँमा पहिरो गएकाले सडक अवरुद्ध भएका छन् ।

जाजरकोट–डोल्पा सडकअन्तर्गत रिम्नाको पुल भासिएको छ । पुल भासिएर सडक अवरुद्ध भएपछि घाइतेलाई अस्पताल पुर्याउन कठिनाइ भएको छ ।

अवरुद्ध सडक खुलाएर उद्धारको काम भइरहेको डीआईजी ढकालले जानकारी दिनुभयो । उद्धारमा सहयोगको लागि उहाँले स्थानीय जनप्रतिनिधि र सङ्घसंस्थासँग अनुरोध गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?