भूकम्पमा परेका तीन जना घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदै

काठमाडौं ।भूकम्पमा परी घाइते भएका तीन जनालाई जिल्ला अस्पताल जाजरकोटमा उपचार सम्भव नभएपछि काठमाडौं ल्याउने भएको छ।

 

भेरी नगरपालिका तेज विक्रम शाह, नलगाड नगरपालिकाकी उपसना सिंह र कुशे गाउँपालिका एक जनालाई पठाउन लागेको जिल्ला समन्वय सदस्य खडकबहादुर बुढाले बताए।

 

उनीहरूको ढाड भाँचिएकाले जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौं पठाउन लागेको उनको भनाई छ । उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइहरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?