भूकम्पका घाइतेको काठमाण्डौ मेडिकल कलेजअस्पतालले निःशुल्क उपचार गर्ने

जाजरकोट केन्द्रविन्दु भएर गएराति गएको भूकम्पमा परी घाइते भएकाहरुलाई काठमाण्डौ मेडिकल कलेज केएमसीले निःशुल्क उपचार गर्ने जनाएको छ । भूकम्पमा परी घाइते भएकाहरुलाई केएमसीले निःशुल्क उपचार गर्ने मेडिकल कलेजका कार्यकारी अध्यक्ष सोइना शर्माले आज एक विज्ञप्ति जारी गरी जानकारी दिइन् ।

स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मी पठाउनसमेत केएमसी तयार रहेको विज्ञप्तिमा उल्लेख छ । अस्पतालका सल्लाहकार तथा मोरङ जिल्ला क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माको सक्रियतामा केएमसीले घाइतेहरुको निःशुल्क उपचार गर्न लागेको अध्यक्ष शर्माले विज्ञप्तिमार्फत जानाकारी दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?