प्रकाश दुतराजको क्रेजले हल्लायो गुल्मी महोत्सव

भुवन भुसाल, गुल्मी । आज कार्तिक २३ गते गुल्मी महोत्सवमा प्रकाश दुतराजले भब्य प्रस्तुति राखेका छन । नेपाली लोक संगितलाई फरक स्वादमा पस्केर आम श्रोता र दर्शकको माझ लोकप्रिय बनेका दुतराज आउने भनेपछी आज गुल्मी महोत्सवमा खचाखच भिड लागेको थियो ।

 

‘रिमै, घर कता हो बैनीको,जुन मायाँ, देउरालीमा, बैनी झ्यालैमा’ लगायतका गित गाउँदा दर्शकको हुटिङँले महोत्सवको माहोल नै बेग्लै बनेको थियो । दुतराजले गित गाएर सक्काएपछी गुल्मीका प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर महतको आग्रहमा फेरि स्टेज चडे र सुनाए आफ्ना अनेक गितहरु ।

प्रकाशको गितमा ननाच्ने आज सायद कोहि देखिदैन थिए । भोलि २४ गते ईन्द्रेणी समुहले गुल्मी महोत्सवमा प्रस्तुती दिने सांस्कृतिक संयोजन खुम खत्रीले बताउनु भयो । महोत्सव २५ गते सम्म क्गल्ने र अझै थप गर्ने संभावना समेत रहेजो उद्योग संघ गुल्मीका अध्यक्ष नवराज भुसालले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?