बुटवलमा भैलो खेलेको रकम सामाजिक कर्ममा, सेवा गर्दै, संदेश छर्दै

बुटवल । कला, संस्कृति संरक्षण युवा परिवार बुटवलले ले देउसीँ भैलो खेलेको रकम अनाथ, अपाङ्ग, दृष्टिविहीन र बृद्धबृद्धालाई प्रदान गरेको छ । परिवारले सोमबार बुटबलमा एक कार्यक्रमको अयोजना गरी तल्लो फुलवारीमा रहेको सिद्धबाबा दुर्गाभवानी शिवकुमारी शैजु बृद्धाआश्रम, नेपाल अपाङ्ग आश्रम, सुख्खानगरमा रहेको मानव सेवा आश्रम, लुम्बिनी अपाङ्ग दृष्टिविहिन आश्रम र सुस्त मनस्थिति बाल विद्या मन्दिरलाई देउसीँ खेलेको रकमबाट खरिद गरेको विभिन्न दैनिक उपभोग्य किरानाजन्य सामाग्री वितरण गरेको हो ।

 

परिवारले पाँचैवटा संस्थाको लागि संस्थामा रहेका अशक्तको संख्या अनुसार चामल, आलु, भुजा, साबुन, चाउचाउ, दाल, बाल्टिन, तेल, कापि, कलम, पेन्सिल, खेलकुदका सामग्री लगायत गरी ६३ हजार ७०१ रुपैँया बराबरका सामग्री प्रदान गरेको कला, संस्कृति संरक्षण र युवा परिवारका संयोजक जीबन पाण्डेले जानकारी दिनुभयो ।

पछिल्लो समय देउसीँ–भैलो खेलेर रकम जम्मा गर्ने र त्यसबाट रमाइलो मात्रै गर्ने परम्परा चलेकोले त्यसलाई अन्त्य गर्नका लागि विभिन्न आश्रमलाई सहयोग गरेको पाण्डेको भनाई छ ।

कार्यक्रममा परिवारका संयाेजक जीवन पाण्डे, सह संयोजक शिव खवास ,सचिव सुरज पन्थी, सह- सचिव सुनिल सार्कि काेषाध्यक्ष किरण महतरा क्षेत्री, विभागिय प्रमुख खिमराज गिरी, गाेपाल भण्डारी, माधव केसी, अर्जुन पाण्डे, दिपक केसी लगायतका सदस्यहरूकाे पनि उपस्थिति रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?