प्रकाश र एलिनाले हल्लाए चक्रेश्वर मेला, सास्कृतिक कार्यक्रम सम्पन्न, खेल जारी

गुल्मी । गुल्मीको चन्द्रकोट शान्तिपुरमा लागेको चक्रेश्वर मेलामा कलाकार प्रकाश दुतराज र एलिना चौहानले प्रस्तुती दिएका छन । मेलाको सास्कृतिक कार्यक्रमको अन्तिम दिन आज प्रकाश र एलिना संग दर्शक झुमेका छन ।

युवा पुस्ता माझ लोकप्रीय बनेका कलाकारहरुले प्रस्तुती राख्दा आज सांझ अबेर सम्म दर्शक मेला स्थलमै बसेका देखिन्थे । प्रकाशले लाहुर जाने रेलैमा, घर कता हो बैनीको, रिमै लगायतका गित गाउँदा दर्शकको हुटिङ्ग हेर्न लायक थियो । उनलाई दर्शक र आयोजकले दोहोर्याई दोहोर्याई गित गाउन आग्रह गरे भने प्रकाशले पनि सबैको धित मर्ने गरि गित सुनाए दर्शक र आयोजक नचाए । अर्कि गायिका एलिना चौहानले धोकेबाज गाउँदा दर्शकको हुटिङ्गले मेलामा माहोलनै अर्कै बनेको थियो । चौहानले १ दर्जन बढी गितमा आज दर्शकले झुम्ने मौका पाए ।

आज मेलामा ६ हजार बढी दर्शकले अवलोकन गरेको आयोजक उदय शान्ती युवा क्लबका अध्यक्ष अर्जुन थापाले बताउनुभयो । आजको कार्यक्रममा चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केशीको प्रमुख आतिथ्यता रहेको थियो भने संविधान सभा सदस्य सिर्जना तरामु, क्लबका पुर्व अध्यक्ष तेजेन्द्र थापा, वडा अध्यक्षहरु कमल केशी, बल बहादुर बस्नेत, पृथ कार्की लगायतको आतिथ्यता रहेको थियो ।

सास्कृतिक कार्यक्रम समापन, खेल जारी

२ दिन सम्म चलेको सांस्कृतिक कार्यक्रम आज समापन भएको छ । आजको कार्यक्रममा दुतराज र चौहान संगै लालुमायाँ कुवर, सपना गाहा, अमित सुनार, मैना रेस्मी, कला थापा लगायतले समेत प्रस्तुती राखेका थिए । सांस्कृतिक कार्यक्रम समापन भएपनी खेलका कार्यक्रम जारी रहेको र भोलि २७ गते समापन गर्ने लक्ष्य रहेको क्लबका अध्यक्ष थापाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?