खाद्य व्यवस्था तथा ब्यापार कम्पनीको खरिद बिक्री केन्द्र रुरुक्षेत्रमा उदघाटन

भुवन भुसाल, गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको खरिद बिक्री केन्द्र उदघाटन गरिएको छ । रुरुक्षेत्र गाउँपालिकाको बलेटक्सारमा स्थापित खरिद बिक्री केन्द्रको आईतवार एक औपचारिक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले उदघाटन गर्नुभएको हो ।

उदघाटन गर्दै गाउँपालिका अध्यक्ष ज्ञवालीले जुन उमंगका साथ उदघाटन गरिएको छ त्यो कायम राख्न यसका कर्मचारी चनाखो बन्नुपर्ने बताउनुभयो । अध्यक्ष ज्ञवालीले यसले रुरुक्षेत्रमा व्यापार प्रवर्द्धन हुने बताउनुभयो । “यहाँ सामाग्री किन्न आएको हरकोहिले बलेटक्सार बजारमा फेन्सी, होटल, मेडिकल, ग्यारेज लगायतका व्यवसायीको कारोबार समेत अझै बढ्ने छ” अध्यक्ष ज्ञवालीले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष मिनादेबी गौतमले खरिद बिक्री केन्द्रले सुपथ मुल्यमा सामाग्री बिक्री गर्ने मात्रै नभई यहाँको उत्पादन खरिद समेत गर्ने भएकाले चौतर्फी फाईदा पुग्ने बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले गाउँपालिकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा स्थापना भएपछी दैनिक ३ देखि ४ लाख सम्मको व्यापार भईरहेको भन्दै खुशी व्यक्त गर्नुभयो । पाण्डेले यो खरिद बिक्री केन्द्र स्थापना भएसंगै यहाँका उपभोक्ताले गुणस्तरीय सामाग्री सुपथ मुल्यमा पाउन सक्ने भन्दै यसको निरन्तरताको कामना गर्नुभयो । यसले यहाँका व्यापारीको ब्यापर घट्ने भन्दै टिप्पणी भैरहेको भन्दै यसले व्यापारीलाई समेत सस्तोमा सामाग्री पाउने भन्दै यसबाट सबैलाई फाईदा पुग्ने बताउनुभयो ।

कम्पनीको गुल्मी शाखा प्रमुख पुष्पा पाण्डेले कम्पनीले यहीँका किसानले उत्पादन गरेका सामाग्रीको खरिद गर्दै खाद्य सामाग्री सुपथ मुल्यमा बिक्री गर्ने बताउनुभयो । वहाँले धेरैले निरन्तरताको बिषयमा चिन्ता नगर्न आग्रह गर्दै जस्तो सुकै बिपत्तीमा पनि सेवा नरोकिने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?