उमंगका साथ समापन भयो छत्रकोटको राष्ट्रपति रनिङ्ग शिल्ड, यो पटक पनि आत्मबोध बन्यो प्रथम

भुवन भुसाल, गुल्मी ।

आफ्नो पक्षमा अंक थपिदा हुटिङ्ग, बाजा र ताली । खेलाडिमा एकता, अनुशासन, कृयाशिलता र मेहनत । गुरुहरुमा उत्सुकता र जितको कामना । स्थानिय सरकारमा खेल प्रतिको लगानी र त्यसबाट गुणस्तरीय खेलाडी उत्पादनको उत्कट अभिलासा ।

जित्नेले बधाई थाप्दै, पराजितले अझै कम्मर कस्ने प्रण गर्दै सकियो छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८० छत्रकोटमा ।

छत्रकोट गाउँपालिका गुल्मीको छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता समापन भएको छ । २३ गते देखि सुरुभएको प्रतियोगिता आज बुधबार समापन भएको छ ।

यो पटकको रनिङ्ग शिल्ड पनि आत्मबोध माध्यमिक बिधालय छत्रकोट ५ मानकोटले आफ्नो पोल्टामा पारेको छ । त्यस्तै दोश्रो स्थानमा श्रीङ्गा जनता माध्यमिक बिधालय परेको छ भने सरस्वती माध्यमिक बिधालयले तेस्रो स्थान पाएको छ ।

समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले बिजयी समूह र खेलाडिलाई बधाई दिनुभयो । वहाँले यसको निरन्तरताको कामना समेत गर्दै प्रतियोगिता सम्पन्न गर्न सघाउने सबैमा बधाई व्यक्त गर्नुभयो । कार्यक्रम पछि हामी संग कुरा गर्दै अध्यक्ष पाण्डेयले रनिङ्ग शिल्डमा सहभागी बिधालयलाई व्यवभार नपार्न पालिकाले सहयोग गर्ने समेत बताउनुभयो ।

कार्यक्रममा खेल सम्पन्न गर्न सहयोग गर्ने खेलकुद बिकास समितीका संयोजक झक बहादुर मिदुन लगायतलाई सम्मान समेत गरिएको थियो । खेलको आनन्द संगै समापन कार्यक्रममा कलाकार लालुमायाँ कुँवर, शुर्य रेगामी लगायतको प्रस्तुतीले अझै रौनकता प्रदान गरेको थियो । गाउँपालिकी उपाध्यक्ष साबित्रा ज्ञवाली, प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुन लगायतले बिजयी विद्यार्थी र बिधालयलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम आचार्यको संचालनमा कार्यक्रम सम्पन्न भएको हो । प्रतियोगितामा छत्रकोटका १४ वटा बिधालयका बिद्यार्थीको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?