गुल्मीदरबारको गाउँसभाको चौधौँ अधिवेशन सुरु

भुवन भुसाल, गुल्मी ।

गुल्मीको गुल्मीदरबार गाउँपालिकाको गाउँसभाको चौधौँ  अधिवेशन सुरु भएको छ । गाउँपालिकाको सभाहलमा चालू आर्थिक वर्षमा गरेका मुख्य कामको प्रस्तुतीकरण र न्यायीक समितीले गरेका कामको जानकारी राख्दै अधिवेशनको पहिलो दिनको कार्यक्रम समापन गरिएको छ ।

 

गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले गुल्मीदरवार गाउँपालिकाले चालू आर्थिक वर्षमा सम्पन्न गरेका उल्लेखनीय कामहरुको जानकारी गराउनुभएको थियो । उक्त अधिवेशन कार्यक्रमलाई   सम्बोधन गर्दै अध्यक्ष   थापाले  अध्यक्ष युवा उद्यम कार्यक्रम संचालन गरि एक सय जना युवा उद्यमीहरुलाई स्वरोजगार बनाउने कार्यका लागि हेफर मार्फत छनौट भई सम्झौता गरि कार्यक्रम संचालन गरेको बताउनुभयो ।

 

वडा नं ६ को वडा कार्यालय भवन निर्माण सम्पन्न गरि सेवा सुरु, उपल्लो हटिया चिलाउनीपोखरा भरवा राङ्गवास फेदी खर्ज्याङ्ग मोटरबाटो स्तरोन्नतीको लागि १ करोड ६० लाखको बोलपत्र आव्हान गरि सम्झौता भई काम अगाडि बढेको, लगायत बिकाशका कामको फेहरिस्त प्रस्तुत गर्नुभएको थियो ।

 

शिक्षामा रुन्खादह माबीमा १६ कोठे भवन निर्माणको लागि बोलपत्र आह्वान भएको, बाल बिकास केन्द्रमा कार्यरत बालबिकास सहजकर्ताहरुको समायोजन गरिएको, बिधालय केन्द्रित साथी शिक्षा कार्यक्रम संचालन गरिएको, कक्षा २ र ३ को स्थानिय पाठ्यक्रम बमोजिमको स्थानिय पाठ्यपुस्तक छपाईको लागी प्रेसमा पठाईएको लगायतको जानकारी गराउनुभयो ।

 

त्यस्तै पालीकाले स्वास्थ्य तर्फ गाउँपालिकामा एमबिबिएस डाक्टरको नियुक्ति गरि दरबार देविस्थान स्वास्थ्य चौकी मार्फत सेवा प्रवाह सुरु गरिएको लगायत स्वास्थ्य क्षेत्र सुधारका निम्ति भएका कामको जानकारी गराउनुभएको थियो ।

खानेपानी तथा सरसफाई र स्वस्छता सम्बन्धमा व्यवस्था गर्न बनेको बिधयक सभा सदस्य मुकेश थापाले पेश गर्नुभएको थियो ।

 

आर्थिक वर्ष २०८०/८१ को बित्तिय प्रगती सभा सचीव राजिव पन्थीले जानकारी गराउनुभएको थियो । हालसम्म १८.९४ प्रतिशत खर्च भएको बताउनुभयो । गत आर्थिक बर्षको बेरुजु ४ लाख ६६ हजार मात्रै बेरुजु फर्छौट गर्नुपर्ने रहेको बताउनुभयो । अर्को बैठकको मिति पछि तोकिने जानकारी गराउँदै आजको बैठक स्थगित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?