छत्रकोट गाउँपालिका गाउँसभाको १६ औं अधिवेशनको पहिलो बैठक सम्पन्न

भुवन भुसाल, गुल्मी । छत्रकोट गाउँपालिका गुल्मीको गाउँसभाको १६ औं अधिवेशन सुरु भएको छ । गाउँसभाको पहिलो बैठकमा आज न्यायिक समिति सदस्य पिताम्बर अर्यालले न्यायिक समितिको अर्धवार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

त्यस्तै आजको बैठकमा आर्थिक बिकाश समिति संयोजक तेजकान्त अर्यालले चालू आर्थिक वर्षको व्यय विवरण पेश गर्नुभएको थियो । त्यस्तै लेखा समितिका संयोजक नरेन्द्र बहादुर पल्लीले आर्थिक वर्ष २०७९/८० को महालेखा परिक्षकको कार्यालयबाट प्रारम्भिक लेखा प्रतिवेदन पेश गर्नुभएको थियो ।

राजस्व परामर्श समिति संयोजक साबित्रा ज्ञवालीले आर्थिक एन २०८० संशोधन पेश गर्नुभयो । विधायन समितीका संयोजक नारायण रेश्मीले विधायन समितिबाट पेश हुने विभिन्न एन कार्यविधि मापदण्ड निर्देशिका पेश गर्नुभएको थियो ।

 

अर्को बैठक माघ ९ गते दिउसो १ बजे बस्नेगरी आजको बैठक पालिका अध्यक्ष  रामप्रसाद  पाण्डेले स्थगित गर्नुभएको प्रमुख प्रशासकिय अधिकृत  विर बहादुर पुनले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?