छत्रकोट गाउँपालिकाको गाउँ सभाको १६ औं अधिवेशन सम्पन्न

भुवन भुसाल, गुल्मी । छत्रकोट गाउँपालिकाको गाउँसभाको दोश्रो अधिवेशन सम्पन्न भएको छ । पौष २६ गतेदेखी सुरु भएको बैठक आज दोश्रो बैठक बसेर समापन भएको हो ।

गाउँ सभाले गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीले पेश गरेको चालू आर्थिक वर्षका लागी बिनियोजित बजेट संसोधन/ रकमान्तर प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

न्यायिक समितीका सदस्य पिताम्बर अर्यालले पेस गरेको न्यायिक अर्धवार्षिक प्रतिवेदन, राजस्व परामर्श समिती संयोजक साबित्रा ज्ञवालीले पेश गरेको छत्रकोट गाउँपालिकाको आर्थिक एन २०८० संसोधन सम्बन्धि प्रस्ताव सर्वसम्मत पारित भएको छ ।

त्यस्तै, आर्थिक बिकास समिती संयोजक तेजकान्त अर्यालले पेस गरेको चालू आर्थिक बर्षको ब्ययको बिवरण, बिधायन समितीका संयोजक नारायण रेश्मीले पेश गरेको छत्रकोट गाउँपालिकाका ५ वटा कार्यबिधी एउटा ऎन पनि सर्वसम्मतीले पारित भएको छ ।

सभाका अध्यक्ष राम प्रसाद पाण्डेयले निर्णयार्थ पेस गरेका सबै बिषय सर्वसम्मतीले पास भएका हुन । गाउँ सभामा गाउँपालिकाले संचालन गरेका योजना, त्यसको कार्यान्वयन, परिणाम लगायतका बिषयमा समेत शून्य समयमा छलफल गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?