सदाचारी राजनीति गरेको भन्दै डा. भण्डारी नगद सहित सम्मानित, पुरस्कार बापतको रकम जलन अस्पताल लाई दिने घोषणा

भुवन भुसाल, काठमाडौ । नेपाली कांग्रेसका नेता एवं डा. चन्द्र भण्डारी नगद सहित सम्मानित हुनुभएको छ । निष्ठापुर्ण सदाचारी राजनीति गरेको भन्दै वहाँलाई विश्व हिन्दु महासंघले आज एक भव्य समारोहका निलप्रसाद भण्डारी स्मृति पुरस्कार २०८० प्रदान गरेको हो ।

राष्ट्रिय प्रजातान्त्र पार्टिका अध्यक्ष राजेन्द्र लिंङ्देन, महासंघका कार्यवाहक सभापती राजेन्द्र कुमार भण्डारी र निल फाउन्डेसनका संरक्षक खुदलक्ष्मी भण्डारीले यो पुरस्कार प्रदान गर्नुभएको हो ।

महासंघले नगद २५ हजार सहित वहाँलाई सम्मान एवं पुरस्कृत गरेको हो । पुरस्कार प्रदान गर्दै विश्व हिन्दु महासंघले नेपालको वर्तमान विषम राजनीतिक परिस्थितिका बिचमा पनि संघिय साम्सद डा. चन्द्र भण्डारीले नेपाली माटोको सुगन्ध, नेपाली राष्ट्रियता र सनातन धर्म, सस्कृतिको पक्षमा मन वचन र कर्मले सधै निष्ठापुर्ण सदाचारी राजनीतिक जीवन द्वारा नेपाली समाजमा निरन्तर आशाको दियो प्रज्वलित गरिरहेको बताएको छ ।

 

पुरस्कार ग्रहण गर्दै डा. भण्डारीले आफ्नो सम्पुर्ण जीवन नेपाल देश र नेपालीका लागि व्यतित गर्ने प्रण दोहोराउनु भयो । सामाजिक संजाल फेसबुक मार्फत वहाँले पुरस्कार बापतको रकम किर्तिपुरमा रहेको जलन अस्पताललाई दिने बताउनुभएको छ । फेसबुकमा डा भण्डारी लेख्नुहुन्छ
“नील प्रसाद भण्डारी स्मृति पुरस्कार-२०८०” द्वारा सम्मानित गर्नु गर्नुभएकोमा हार्दिक आभार तथा धन्यवाद !! यो पुरस्कारबाट प्राप्त रकम किर्तिपुर अस्पतालमा स्थापना गरिएको जलन उपचार अक्षयकोषलाई हस्तान्तरण गरिनेछ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?