गुल्मीदरबारको प्रथम चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

भुवन भुसाल, गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले प्रथम चौमासिकको सार्वजनिक सुनुवाई गरेको छ । गाउँपालिकाको वडा नं ४ को रुन्खादह माध्यमिक बिधालयमा सार्वजनिक कार्यक्रमको आयोजना गरि सुनुवाई गरिएको छ ।


कार्यक्रममा स्थानियले ठाकुर प्रसाद खनाल गाउँपालिकाले शिक्षाको क्षेत्रमा थुप्रै काम गरेपनी नतिजा नदेखिएकोले कार्यदलले दिएको सुझाव अनुसार काम अगाडि बढ्यो वा के हुँदैछ भन्ने प्रश्न गर्नुभयो । डिल बहादुर थापाले बुदागत रुपमा शिक्षा क्षेत्र संग सम्बन्धि प्रश्न गर्नुभयो । ४ महिना २२ दिन सम्म शिक्षकहरुले तलब किन नपाएका भन्दै मासिक तलब राख्न आग्रह गर्नुभयो । वहाँले ईश्वरी माध्यमिक बिधालयमा १० कक्षामा पढ्ने बिद्यार्थीले मासिक १ हजार ८ सय रुपैयाँ बुझाउनुपरेको भन्दै किन यो अवस्था आयो भन्दै प्रश्न गर्नुभयो ।

शुसिला पुन गुल्मीदरबार गाउँपालिकाको प्रशासकीय भवन कहिले बन्छ भन्दै प्रश्न गर्नुभयो । वहाँले कृषि सहकारी संस्था मार्फत गाउँपालिकाले कृषिका काम किन नगरेको भन्दै प्रश्न गर्नुभयो । पुनले महिला लक्षित कार्यक्रम मार्फत कति महिला आत्मनिर्भर बने भन्दै प्रश्न गर्नुभयो । त्यस्तै ईश्वरी माध्यमिक बिधालयका प्रधानाध्यापक हरि बहादुर कार्कीले निजि स्रोतका शिक्षकलाई तलब दिन बिद्यार्थी संग रकम नउठाई को संग उठाएर दिने हो भन्दै आफू जाने ठाउँ देखाउन आग्रह गर्नुभयो । त्यस्तै कार्यक्रममा सेवाग्राहीहरुले खानेपानी, कृषि, बिधुत, युवा, महिला लगायतका बिषयमा जिज्ञासा र सुझाव दिएका थिए ।

 

कार्यक्रममा उठेका बिषयको गाउँपालिका अध्यक्ष सरोज कुमार थापा, उपाध्यक्ष तारा थापा ढेंगा, प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थी, वडा अध्यक्षहरु लगायतले जवाफ दिनुभएको थियो । कार्यक्रमको सहजीकरण पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल र पुर्व अध्यक्ष जनार्दन घिमिरेले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?