“तम्घासमा चिसो छ, स्वास्थ्यको ख्याल गर्नु, रुरुलाई जिताएर फर्किनु” : अध्यक्ष ज्ञवाली

भुवन भुसाल, गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा सहभागी हुने बिद्यार्थीको बिदाई गरेको छ ।

अध्यक्ष यदु ज्ञवालीले उच्च मनोबलका साथ खेलेर सफल बनेर फर्किनु भन्दै शुभकामना दिनुभयो । अध्यक्ष ज्ञवालीले अनुशासन र स्वास्थ्यको ख्याल गर्दै उच्च प्रदर्शन गर्न सक्नु भन्दै शुभकामना दिनुभयो । “तम्घासमा चिसो छ, स्वास्थ्यको ख्याल गर्नु, बिरामी नहुनु, केही समस्या परे हामीलाई भन्नू, जितेर मात्रै पहिचान बन्दैन अनुशासन सहितको उच्च प्रदर्शन गर्नु” अध्यक्ष ज्ञवालीले खादा लगाएर बधाई शुभकामना र बिदाई गर्दै भन्नुभयो ।

रुरुक्षेत्र गाउँपालिकाबाट ३५ जना बिद्यार्थी जिल्ला स्तरिय प्रतियोगितामा सहभागी हुँदैछन । आज गाउँपालिका परिसर बलेटक्सारमा आएका बिद्यार्थीलाई गाउँपालिका अध्यक्ष ज्ञवाली, उपाध्यक्ष मिनादेवी गौतम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले खादा र टिका लगाएर बिदाई गर्नुभएको हो । जिल्ला सदरमुकाम तम्घासमा भोलीदेखी जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु हुँदै छ । प्रतियोगितामा पालिकामा संचालित प्रतियोगितामा प्रथम भएका समुहहरु भिड्ने छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?