तानसेनमा २ जिल्लाका कृयाशिल पत्रकारका बीच मिडिया साक्षरता कार्यक्रम

भुवन भुसाल, पाल्पा । तानसेनमा मिडिया साक्षरता कार्यक्रम सम्पन्न भएको छ । पाल्पा र गुल्मीका कृयाशिल पत्रकारहरुका बिचमा २ दिने कार्यक्रम बिहिवार समापन भएको हो ।

कार्यक्रममा आम संचारको क्षेत्र फराकिलो बनिरहेको अवस्थामा यसले दिने सकारात्मक र नकारात्मक पक्ष र नकारात्मकता न्यूनीकरण गर्न के गर्न सकिन्छ भन्ने बिषयमा चर्चा गरिएको थियो । पत्रकार शिरोमणी ढुंगाना र मन्जिमा ढकालले सहजीकरण गर्नुभएको कार्यक्रममा आम संचार, बदलिदो प्रविधि, परिमार्जित कानुन लगायतका बिषयमा सामुहिक छलफल र चर्चा समेत गरिएको थियो ।

कार्यक्रममा मिडिया साक्षरता भनेको के हो, यो कस्ले जान्नु पर्दछ, मिडियाको बिषयमा नजान्दा हुने दुर्घटना लगायतका बिषयमा पत्रकार ढुंगाना र आम संचारले पालना गर्नु पर्ने नियम, सरकारले परिमार्जन गरेका कानुन लगायतका बिषयमा पत्रकार ढकालले प्रस्तुतीकरण गर्नुभएको थियो । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजना रहेको कार्यक्रमलाई गृह मन्त्रालय लुम्बिनी प्रदेशले सहयोग गरेको थियो ।

 

कार्यक्रमको समापन तानसेन नगरपालिका पाल्पाका मेयर  सन्तोषलाल श्रेष्ठले गर्नुभएको थियो । समापन  कार्यक्रममा महासंघ लुम्बीनी प्रदेश अध्यक्ष वसन्त गिरीको अध्यक्षता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?