उषा स्मृति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न, उपाधी ज्ञवा माबी बलेटक्सारलाई

भुवन भुसाल, गुल्मी । उषा स्मृति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । श्रिङ्गा जनता माध्यमिक बिधालय छत्रकोट ४ मा बिधालयको ६५ औं वार्षिकोत्सबको अवसरमा संचालित प्रतियोगिताको उपाधी ज्ञवा माबी बलेटक्सारले जितेको छ ।


२०५८ सालमा थोर्गामा सवारी दुर्घटनामा परि दिवंगत हुनुभएकी उषा कंडेल घिमिरेको स्मृतिमा वहाँका दाई योगराज कंडेल शर्माले स्थापना गर्नुभएको उषा स्मृति फाउन्डेसनको आयोजनामा रनिङ्ग शिल्ड संचालन गरिएको हो ।

९ बिधालय सहभागी प्रतियोगितामा रेन्बो ईङ्लिस बोर्डिङ स्कुल बलेटक्सार दोश्रो भएको छ भने राष्ट्रिय माबी थोर्गा तृतिय भएको छ । प्रतियोगितामा जनबोध माबी रानिवासले सान्त्वनामा चित्त बुझाएको छ । प्रतियोगितामा ज्ञवा माबी र रेन्बोले बराबर अंक ल्याएपछी पुनः २ बिधालयका बीच प्रथम र दोश्रोका लागि प्रतियोगिता गराईएको थियो ।

कार्यक्रमलाई संबोधन गर्दै बिधालयका अध्यक्ष रामचन्द्र कंडेलले बिधालयमा अक्षयकोष स्थापना गरि बिद्यार्थीको हितमा काम गरेको भन्दै संस्थापक योगराज कंडेल शर्माको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । सस्थापक शर्माले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैमा आभार व्यक्त गर्नुभयो ।

कार्यक्रमको सुरुमै बिधालयका अध्यक्ष कंडेल, प्रधानाध्यापक बिकास चन्द्र खरेल, अक्षयकोष संस्थापक कंडेल लगायतले दिवंगत हुनुभएकी उषाको तस्बिरमा पुष्प अर्पण गर्नुभएको थियो ।

प्रतियोगितामा बिजयी बिधालयलाई १२ गते वार्षिकोत्सबको समापनको दिन पुरस्कार प्रदान गरिने बिधालयले जनाएको छ । आज सम्पन्न प्रतियोगिता १७ औं संस्करण हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?