क्यान्सर र मृगौला रोगको अवस्था बिकराल बन्दै, गुल्मीमा एउटै पालिकाको तथ्यांक डरलाग्दो

तस्बिर : एआई

भुवन भुसाल, गुल्मी । पछिल्लो समय क्यान्सर र मृगौला संबन्धी रोगले बिकराल अवस्था निम्त्याउदै गएको छ । जलवायु परिवर्तन र मानिसको अब्यवस्थित खानपानका कारण यस्तो बन्दै गएको डाक्टरहरु बताउँछन् ।

गुल्मीको छत्रकोट गाउँपालिकाबाट गत आर्थिक बर्ष २०८०/८१ मा पालिकाबाट बिपन्न नागरिक तथा कडा रोगको सिफारिस लिनेको संख्या ३६ जना रहेको थियो भने यो चालु आर्थिक वर्षको फागुन ९ गते सम्म सोहि प्रकृतिको सिफारिस लिनेको संख्या २२ जना रहेको छ । सिफारिस लिन आउने मध्य अधिकांस क्यान्सर र मृगौला संबन्धी बिरामी रहेका छत्रकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख स्याम सुन्दर पोख्रेलले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा ३६ जना बिरामी मध्य २२ जना क्यान्सरका बिरामीले मात्रै पालिकाबाट सिफारिस लिएका छन भने ५ जना मृगौलाले काम गर्न छोडेका बिरामीले सिफारिस लिएका छन् । थप ८ जना बिरामीले मुटुरोग लागेर उपचार गराईरहेको सिफारिस लिएका छन् । त्यस्तै चालु आर्थिक वर्षमा उपचार गराईरहेका १२ जनाले क्यान्सर रोगको सिफारिस लिएका छन् भने ४ जना मृगौलाले काम गर्न छोडेको र ५ जनाले मुटुरोगको सिफारिस लिएका छन् ।

गम्भिर प्रकृतीको रोगको उपचार गर्नुपर्ने बिपन्न नागरिकलाई स्थानिय सरकारको सिफारिस भएमा अस्पताल र सरकारले उपचारमा सहुलियत दिने भएकाले यो सिफारिस लिएका हुन ।

श्रृंगा प्रथामिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर बिवेक बिराट खनालका अनुसार क्यान्सरको खास कारण यहिँ भनेर भन्न सकिने अवस्था छैन तर जलवायु परिवर्तन, शुर्यबाट आउने बिकिरण युभि रे, पुस्तान्तरण, मद्यपान, धुमपान लगायतका मादक पदार्थ र रासायनिक मल राखिएका खानाका कारण पनी क्यान्सरको जोखिम बढि हुने गरेको छ ।

मृगौला रोगको कारण पनी खानपानमा असावधानीकै कारण हुने भएपनी सुगर र प्रेसर बढ्दा समेत नियमित औषधी नखाँदा , रोग पत्ता नलगाई जथाभाबि दुखाई कम गर्ने औषधी खाँदा , सुगरका बिरामीले मृगौला जाँच र पिसाबको जाँच गर्न नमान्दा पनी मृगौला खराब भएको भेटिएको डा. खनालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?