छत्रकोट मेडिकल हलको स्थापना दिवसमा रक्तदान सम्पन्न, ८४ जनाले गरे रक्तदान

 

भुवन भुसाल, गुल्मी । छत्रकोट मेडिकल हल छत्रकोट ४ श्रृंगाले आफ्नो ५ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आज पिपलनेटामा आयोजित रक्तदान कार्यक्रममा ८४ जनाले रक्तदान गरेका मेडिकलका संचालक रोशन न्यौपानेले जानकारी दिनुभयो ।

बिरामी भई वा दुर्घटनामा परि कसैले रगतको अभावमा ज्यान गुमाउनु नपरोस भन्ने उद्धेस्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको न्यौपानेले बताउनुभयो । न्यौपाने आफैले आज सम्म गरेर २१ पटक रक्तदान गरेको समेत जानकारी गराउनुभयो । कार्यक्रममा छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले ब्यवसायिकता संगै सामाजिक काम समेत गरेको भन्दै मेडिकलको यो कामको प्रशंसा गर्नुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवाली, वडा नं ४ का वडा अध्यक्ष गुणाखर ज्ञवाली, श्रृगां प्राथामिक स्वास्थ्य केन्द्रका प्रमुख डा. बिवेक बिराट खनाल, नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहिका अध्यक्ष कृष्ण चौहान क्षेत्री,लगायत जनप्रतिनिधी, कर्मचारी, प्रहरी, व्यापारी, सामाजिक व्यक्तिहरु लगायतको उल्लेख्य सहभागीता रहेको थियो ।

 

कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले हरेक स्वस्थ मानिसले प्रत्येक ३/३ महिनामा रक्तदान गर्दा व्यक्तिको स्वास्थ्य बिग्रने नभई अझै स्वस्थ हुने भएकाले रक्तदान अरुकालागी मात्र नभई आफ्नो लागी अझै अपरिहार्य हुने कुरा समाजमा बुझाउन आवस्यक रहेको तर्क गर्नुभएको थियो । कार्यक्रम संचालन गर्न श्रृगां प्राथामिक स्वास्थ्य केन्द्रले प्राविधिक सहयोग गरेको थियो भने सहयोगी संस्थाका रुपमा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहिले सहयोग गरेको मेडिकल संचालक न्यौपानेले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?