श्रृङ्गा जनता माबिको ६५ औं वार्षिक उत्सव सम्पन्न

भुवन भुसाल, गुल्मी । श्रृङ्गा जनता माध्यमिक बिधालयले आफ्नो ६५ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । छत्रकोट ४ श्रृङ्गामा अवस्थित बिधालयले आज एक औपचारिक कार्यक्रमको आयोजना गरि उत्सव मनाएको हो । उत्कृष्ट अभिभावक, बिद्यार्थी, शिक्षक, चन्दादाता, सहयोगीलाई सम्मान गरेर बिधालयले वार्षिक उत्सव मनाएको छ । कार्यक्रममा बिद्यार्थीहरुले नाच, पिटि र कराते प्रस्तुत गरेका थिए ।

 

वार्षिक उत्सव कार्यक्रमका प्रमुख अतिथी छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले बिधालय स्थापना देखि हाल सम्म सकारात्मक भुमिका खेल्ने सबैमा आभार व्यक्त गर्नुभयो । वहाँले आफैले पढेको बिधालयमा प्रमुख अतिथिको रुपमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै देशकै नमुना बिधालय बन्न सकोस भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

“सहि मात्रामा समाजवाद ल्याउन शैक्षिक क्षेत्रको सुधार आवस्यक छ भन्ने बुझेर छत्रकोट गाउँपालिकाले काम गरिरहेको छ” अध्यक्ष पाण्डेयले भन्नुभयो ।  बिधालयका शिक्षकहरुलाई अध्यक्ष पाण्डेयले शिक्षकहरु अझै बढी जिम्मेवार बनेर आफ्नो समेत ज्ञानको क्षेत्र समेत फराकिलो पार्न अनुरोध गर्नुभयो । यो बिधालयका व्यवस्थापन समिती अध्यक्षको कृयाशिलताको प्रशंसा समेत गर्नुभयो ।

 

बिधालयका व्यवस्थापन समिती अध्यक्ष रामचन्द्र कंडेलले गुणस्तरिय शिक्षाको निम्ति खट्ने शिक्षक, बिद्यार्थी,अभिभावक, सरोकारवाला सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । हामी संग प्रचुर संभावना छन भन्दै अध्यक्ष कंडेलले त्यो संभावनालाई सफलतामा रुपान्तरण गर्न सबै अझै खट्नुपर्ने बिचार व्यक्त गर्नुभयो ।

वार्षिक भौतिक,आर्थिक र शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै बिधालयका प्रधानाध्यापक बिकाशचन्द्र खरेलले बिधालयमा ३४४ जना बिद्यार्थी २३ जना शिक्षक र ४ जना कर्मचारी रहेको बताउनुभयो । कक्षागत शैक्षिक विवरण प्रस्तुत गर्दै सतप्रतिशत नतिजा ल्याएको जानकारी गराउनुभयो । एसईईमा ४ जिपिए सहित लुम्बिनी प्रदेशमा उत्कृष्ट भएको बताउनुभयो ।

 

प्रधानाध्यापक खरेलले आम्दानी करिव  १ करोड ४५ लाख र खर्च करिव १ करोड ८२ लाख रहेको जानकारी गराउनुभयो । वहाँले आगामी वर्ष मल्टिमिडियाको प्रयोगबाट पठनपाठन गराउन सबै शिक्षकलाई तालिम दिने, कम्प्युटर ल्याव संचालनका लागि सोलार प्यानल, वातावरण स्वस्छ बनाउन बगैँचा स्तरिकरण, बालक्लबलाई अझै कृयाशिल बनाउने, सबै पक्षको सहभागितामा जोड दिने लगायतका आगामी योजना समेत सुनाउनुभयो ।

पुर्व प्रधानाध्यापक होमनाथ कंडेलले भौतिक सम्पत्ति जस्तो भएपनी शैक्षिक गुणस्तर र नतिजा राम्रो नआए सम्म प्रगती नहुने बताउनुभयो ।

 

आदर्श माध्यमिक बिधालयका प्रधानाध्यापक टंक पन्थले शुभकामना व्यक्त गर्दै प्राप्त नतिजाको निरन्तरता र अझै सफलताको कामना गर्नुभयो ।
सहायक प्रधानाध्यापक मिना गौतम कंडेलले स्वागत मन्तव्य राख्दै बिधालय हामी सबैको साझा चौतारी हो भन्दै बिधालयको स्तर अझै माथी उकास्न सहयोगको निरन्तरताको अपेक्षा व्यक्त गर्नुभयो ।

 

पुर्व शिक्षक वसन्त चुंदालीले वार्षिक उत्सवमा पुर्व शिक्षकहरुलाई सम्झेकोमा आभार व्यक्त गर्दै बिधालयमा उदाहरणिय टिम वर्क रहेको भन्दै प्रशंसा गर्नुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवाली, वडा अध्यक्ष गुणाखर ज्ञवाली, जनप्रतिनिधि, अभिभावक, शैक्षिक व्यक्तित्व, लगायतको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रममा सहायक प्रधानाध्यापक मिना गौतम कंडेलको स्वागत मन्तब्य रहेको थियो भने शिक्षक पशुपती कंडेल र रमेश पन्थले संचालन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?