श्रृङ्गा जनता माविको उत्कृष्ट शिक्षकमा माधव ज्ञवाली सम्मानित

गुल्मी । श्रृङ्गा जनता मावि छत्रकोट ४ गुल्मीले विद्यालयको ६५ औँ वार्षिकोत्सबको अवसरमा शैक्षिक शत्र २०८० को उत्कृष्ट शिक्षकलाई सम्मानित गरेको छ। विद्यालयमा गणित शिक्षकको रुपमा विगत ३ बर्षदेखि कार्यरत शिक्षक माधव ज्ञवालीलाई बर्षको उत्कृष्ट शिक्षकको रुपमा सम्मान गरेको हो।

 

ज्ञवालीले विद्यालयको शिक्षण सेवा,अतिरिक्त क्रियाकलाप तथा विद्यालयको समग्र शैक्षिक उन्नयनमा निर्वाह गरेको भुमिकाको उच्च मुल्यांकन गर्दै उत्कृष्ट शिक्षकको रुपमा सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक विकाशचन्द्र खरेलले बताउनुभयो ।

 

ज्ञवालीलाई कार्यक्रमका प्रमुख अतिथि एवं छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे, गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवाली, विद्यालय ब्यवस्थापन समिती अध्यक्ष रामप्रसाद कंडेल र विद्यालयका प्रधानाध्यापक विकाशचन्द्र खरेलले कदरपत्र, करुवा, खादा, माला एवं मायाको चिनोद्वारा सम्मान गर्नुभएको थियो।

 

सम्मानित भएसङ्गै आफुमाथि  विद्यालयप्रतिको जिम्मेवारी अझै बढेको महसुस गरेको बताउँदै ज्ञवालीले आगामी दिनमा थप जिम्मेवार भएर पठनपाठन एवं विद्यालयको समग्र पक्षको उन्नतिका लागि खटेर काम गर्ने बताउनुभएको छ।

आफूले विद्यालयमा सेवा सुरु गरेपछिको कामको मूल्याकंन गरि उत्कृष्ट शिक्षकको रुपमा सम्मानित गरेकोमा ज्ञवालीले विद्यालय ब्यवस्थापन समिती,शिक्षक अभिभावक सघं, अभिभावक, विद्यार्थी एवं सहकर्मी शिक्षकहरु प्रती धन्यवाद दिँदै आभार समेत प्रकट गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?