प्रधानमन्त्री प्रचण्ड गुल्मी आउदै, यस्ता छन् कार्यक्रम

भुवन भुसाल, गुल्मी । प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड ) गुल्मी आउनुहुने भएको छ । स्थानीय तह स्थापना दिवसको अवसरमा फाल्गुन २७ गते रुरुक्षेत्र गाउँपालिकाको प्रशासकीय भवन उदघाटन गर्न प्रधानमन्त्री गुल्मी आउनुहुने भएको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले गुल्मीको धुर्कोट गाउँपालिकाले बरबोटमा निर्माण गरेको सहिद पार्कको पनि उदघाटन गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा गर्न गाउँपालिका अध्यक्ष यदु ज्ञवाली र पुर्व मुख्य सचिव लिलामणी पौडेल लगायत प्रधानमन्त्री कार्यालय पुग्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?