टी–२० विश्वकपको तयारी गर्न सरकारले दियो ५ करोड रुपैयाँ

काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजमा आउँदो जुनमा  हुने आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारी गर्न सरकारले नेपाल क्रिकेट सङ्घलाई (क्यान) लाई पाँच करोड रुपैयाँ दिएको छ ।

क्यानले आज सामाजिक सञ्जालमार्फत यसबारेमा जानकारी दिएको छ । यो ऐतिहासिक कदम भएको भन्दै क्यानले सरकार र राष्ट्रिय खेलकुद परिषद् (राखेप) प्रति आभार व्यक्त गरेको छ ।

सरकार र राखेपको यस साथ र सहयोगले समग्र नेपाली क्रिकेटको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने क्यानको विश्वास छ ।

टी–२० विश्वकपमा नेपाल समूह-डी मा छ । यो समूहमा नेपालसँगै बङ्गलादेश, दक्षिण अफ्रिका, श्रीलङ्का र नेदरल्यान्ड्स छन् । नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?