रेडियो श्रृङ्गेश्वरले बिभिन्न कार्यक्रमका गरी ८औँ बार्षिक उत्षव मनायो

फागुन २६ , गुल्मी । रेडियो श्रृङ्गेश्वर हिजो देखि आठौँ वर्षमा प्रवेश गरेको छ । लोक रेडियो प्रा.लिद्धारा संचालित रेडियो श्रृङ्गेश्वरले २०७३ सालको शिवरात्री अर्थात हिजोकै दिनदेखि प्रसारण आरम्भ गरेको थियो । दैनिक १८ घण्टा प्रसारणमा रहेको रेडियो श्रृङ्गेश्वर गुल्मी, अर्घाखाँची, पाल्पासहित लुम्बिनी प्रदेशका सबै जिल्ला र आसपासका क्षेत्रमा सुन्न सकिन्छ । साथै अनलाइन माध्यमबाट संसारभर आफ्नो प्रसारण विस्तार गरेको छ ।

 

समयमै जनमाझ सही सूचना प्रदान गरी जिम्मेवार पत्रकारिताको छवि बनाएको रेडियो श्रृङ्गेश्वर एफ् एम् प्रविधिको १०४.४ मेगाहर्जमा सुन्न सकिन्छ । यसका अलावा हाम्रो पात्रो, अनलाईन, फेसबुक पेज लगायतका माध्यमबाट संसारभर प्रसारण पहुँच पुर्याएको छ । यस अवसरमा रेडियो संचालक समिती अध्यक्ष धातानन्द भुसालले एक शुभकामना सन्देश जारी गर्दै पूर्ण प्रेस स्वतन्त्रताको अभ्यासमार्फत सभ्य र सुसूचित समाज निर्माण गर्ने कार्य थप जिम्मेवारीका साथ वहन गरिने बताउनुभएको छ ।

 

यस्तै, स्टेशन म्यानेजर ईश्वरी प्रसाद बस्यालले जारी गरेको शुभकामना सन्देशमा प्रसारण सेवाको दायरा विस्तार र सामान्य संशोधन गरिएको उल्लेख छ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकाससँग सम्बन्धीत विषयवस्तु जस्ताको तस्तै श्रोतामाझ पस्कँदै आएकाले छोटो समयमै रेडियो लाकप्रिय बनेको हो ।

 

आठौँ वर्षगाँठको अवसरमा प्रकाशित प्रकाशकीयमा रेडियो श्रृङ्गेश्वरले संविधानले निर्दिष्ट गरेको सुशासनको मार्गबाट जो कोही विचलित हुन खोजेमा खबरदारी गर्ने आफ्नो जिम्मेवारीबाट कहिल्यै पछि नहटेको र पछि नहट्ने प्रतिबद्धता जनाएको छ । वार्षिकोत्सवका अवसरमा आज बिहानैदेखि प्रसारण केन्द्र छत्रकोटमा विविध कार्यक्रम सम्पन्न भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?