प्रधानमन्त्रीको विश्वासको मत लिने कार्यक्रममा उपस्थिति हुन माओवादीद्वारा ह्वीप जारी

काठमाडौँ । माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्रीको विश्वासको मत लिने कार्यक्रम आफ्नो दलका सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गर्ने निर्णय गरेको छ ।

शनिवार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकले यही फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा अनिवार्य उपस्थितिका लागि आफ्ना दलका राष्ट्रिय सभाका सदस्यहरूलाई उपस्थितिका लागि ह्वीप जारी गर्ने निर्णय गरेको माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

यस्तै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यक्रममा प्रतिनिधि सभाका आफ्ना सांसदहरूलाई ह्वीप जारी गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?