छत्रकोट गाउँपालिकालाई पोषणमैत्री गाउँपालिका घोषणाको तयारी, सबैपक्षको साथ आवस्यक

भुवन भुसाल, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकालाई पोषण मैत्री गाउँपालिका घोषणाको तयारी सुरु गरिएको छ । आज गाउँपालिकाको सभाहलमा आयोजित पोषणमैत्री स्थानिय शासन अबलम्बन तथा वोषणमैत्री गाउँपालिका घोषणा तयारीका लागी सरोकारवालाहरुसंग अभिमुखिकरण कार्यक्रममा घोषणाको लागी केवल गाउँपालिकाले मात्र लागेर सम्भव नहुने भएकाले सबैपक्षको सहभागिता आवस्यक रहेका बिषयमा चर्चा गरिएको छ ।

कार्यक्रमलाई संबोधन गर्दै गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले छत्रकोट गाउँपालिकाले लुम्बिनी प्रदेशमै पहिलो हुनेगरी पोषणमैत्री गाउँपालिका घोषणा गर्नेगरी बजेट बिनियोजन र अन्य तयारी समेत गरिरहेको बताउनुभयो । उहाँले यसका ४९ वटा सुचकहरु पुरा गर्न अगाडीदेखी नै धेरै कामहरु भईरहेको जानकारी गराउँदै अधिकाँस सुचकहरु पुरा भईसकेको बताउँदै केही साझा समस्याहरुपनी रहेको र सरकारले मात्र पुरा गर्न नसक्ने बताउँदै सर्वपक्षको सहभागीता र प्रतिवद्धता समेत आवस्यक रहेको बताउनुभयो ।

पोषण योजना तेश्रो लुम्बिनी प्रदेश संयोजक नर बहादुर बि.क. ले पोषणको अर्थ, महत्व र यसको बिषयमा जनचेतना फैलाउन सरोकारवालाको भुमिकाको सन्दर्भमा श्रव्यदृष्य सामाग्रीका माध्यमबाट स्पष्ट पार्नुएको थियो । पोषणको अभावमा हुन सक्ने स्वास्थ्य जोखिमका बारेमा बताउँदै पोषणले केवल शारिरको बिकासमा मात्र नभई मानसिक स्वास्थ्यमा समेत असर गर्ने भएकाले पोषणका बिषयमा सबै सचेत रहनुपर्ने बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले यो कार्यक्रम नभई अभियान भएकाले सबैको ईमान्दार मेहनतले मात्र पोषणमैत्री गाउँपालिका बनाउन सकिने भएकाले सबैको साथ आवस्यक रहेको बताउनुभयो ।

 

कार्यक्रमलाई संबोधन गर्दै गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख स्याम सुन्दर पोख्रेलले जनस्वास्थ्यका सन्दर्भमा यो कार्यक्रम सबैभन्दा महत्वपुर्ण भएको बताउनुभयो । उहाँले यहिँ बर्ष भित्र छत्रकोटलाई पोषणमैत्री गाउँपालिका घोषणा गर्नेगरी तयारी सुरु गरिएको बताउनुभयो । पोषणको सम्बन्ध केवल स्वास्थ्य शाखा वा स्वास्थ्य संग मात्र सम्बन्धित नभएको बताउँदै शिक्षा, स्वास्थ्य, राजनितिक दल, खानेपानी उपभोक्ता समिती लगायत सबैको एकिकृत अभियान आवस्यक रहेको बताउनुभयो ।

कार्यक्रमका वक्ताहरुले किसोर किसोरीले पत्रु खाजा खाँदा, आईरन चक्की नियमित सेवन नगर्दा देखिएको रक्त अल्पताको अवस्था रोक्न थप मेहनत गर्नुपर्ने, खानेपानीका मुहान र ट्याँकी थप सफा राख्न, बालबिवाह अन्त्य गर्न र तरकारी एवं फलफुलमा बिसादीको मात्रा रोक्न सबैको मेहनत आवस्यक रहेको समेत बताउनुभएको थियो ।

कार्यक्रममा गाउँपालिकाका शाखा प्रमुखहरुले आफ्नो शाखाको क्षेत्रमा पोषणका सुचकहरुको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा सहभागी बिभिन्न राजनितिक दलका प्रमुखहरु, बिद्यालयका प्रधानाध्यापक एवं शिक्षक प्रतिनिधी, खानेपानी उपभोक्ता समितीका अध्यक्षहरु, किसान लगायतले आफुले देखेका अनुभव, समस्या चुनौती र अवसरका बारेमा जानकारी गराउनुभएको थियो ।