आज दशैंको पहिलो दिन, घरघरमा घटस्थापना गरिदै


आज हिन्दूहरुको महान पर्व दशैंको पहिलो दिन घटस्थापना गरि मनाईदैछ । घरघरमा देवीको स्थापना गरि आजबाट नौदुर्गा पुजा आरम्भ हुुदै छ । जौ, गौं, मकै लगायतका अन्न जमराका लागी छर्ने दिन पनी आजै हो । आज छरेको जमरा टिकाको दिन मान्यजनका हातबाट ग्रहण गर्ने गरिन्छ ।

घटस्थापना गर्न बिहान ११ बजेर ४७ मिनेटको साईत उत्तम रहेको नेपाल पंचाङ निर्णायक समितिले जनाएको छ । दशैं सुरु भएसंगै बजार र सडकमा समेत चहलपहल बढेको छ । दशैंका लागी नयाँ लुगा किन्ने र घर फर्किनेहरुको लर्को सुरु भएको छ ।