
भुवन भुसाल, गुल्मी । नेपाली कांग्रेस (देउवा पक्ष) गुल्मी क्षेत्र नं १ को क्षेत्रिय अधिवेशन सम्पन्न भएको छ । क्षेत्रिय सभापति मार्कण्ड भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व सांसद झक बहादुर पुन प्रमुख अतिथी रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै पुर्व सांसद पुनले नेपाली कांग्रेसलाई कमजोर नबनाउदा सम्म देशमा आफ्नो योजना लागु गर्न नसकिने भएकाले बिदेशीको योजनामा जेनजी आन्दोलन गराईएको र कांग्रेस कमजोर बनाउने खेल भएको बताउनुभयो । उहाँले कांग्रेस भित्रका पनि केहि गिरोहहरु बिदेशी पैसाको चलखेलमा लागेको बताउनुभयो । पुनले त्यसैको जगमा बिशेष महाधिवेशनको ढोंग रचिएको बताउनुभयो ।
जिल्ला संयोजक वेद थापा मगरले आफुहरु पार्टीलाई एकजुट बनाउन चाहानेहरु भएको बताउनुभयो । उहाँले आफुहरु नेताहरुलाई नेपाली कांग्रेसलाई एक ढिक्का बनाईराख्न दवाब दिने समुह भएको पनि दाबी गर्नुभयो । पार्टी कमजोर नहोस भनेरै आफुहरुले वडा पालिकाहरुमा समानान्तर समिती नबनाएको समेत बताउनुभयो ।
आज सम्पन्न अधिवेशनबाट मार्कण्ड भण्डारी क्षेत्रीय सभापति चयन हुनुभएको नेपाली कांग्रेसका नेता योगराज कंडेलले बताउनुभयो ।

