
भुवन भुसाल, गुल्मी । राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठान गुल्मीको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार गुल्मीको छत्रकोट देवालय चोयगामा सम्पन्न अधिवेशनले हुमनाथ पन्थ अध्यक्ष रहने गरी नयाँ कार्यसमिती चयन गरेको केन्द्रिय सदस्य जनक पन्थले जानकारी दिनुभयो ।
अधिवेशनले उपाध्यक्षमा युवराज आचार्य, महिला उपाध्यक्षमा सिता पाण्डे, सचिव हिमाल पन्थ, कोषध्यक्ष थानिस्वर आचार्य, सह सचिव शान्ती ढेंगा, सहकोषाध्यक्ष सुभाष न्यौपाने, सदस्यहरु मोहन गौतम, खिमा बस्नेत, राम प्रसाद बन्जाडे, दोमाकान्त सुवेदी, तिलक भण्डारी र पार्वती पन्थलाई चयन गरेको छ । प्रतिष्ठानका केन्द्रिय उपमहासचिव नारायण प्रसाद भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेय लगायत जनप्रतिनीधी, स्थानिय समाजसेवी, राजनितिक दलका प्रतिनिधी, भजन कलाकारहरुको समेत सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी भुसालले नयाँ कार्यसमितीले जिल्लाका सबै स्थानिय तहमा प्रतिष्ठानको गठन गर्दै लोक भजन चुट्काको संरक्षणको काम गर्न सकोस भन्ने कामना गर्नुभयो । गाउँपालिका अध्यक्ष पाण्डेले नकारात्मक दिशा तर्फ जाँदै गरेको नेपाली समाजलाई अध्यात्मिकजनहरुले सहि दिशा तर्फ डोहोर्याउनु पर्ने बेला आएको भन्दै अबको नेपाली समाजको नेतृत्व अध्यात्ममा लागेका व्यक्तिहरुले गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय सदस्य जनक पन्थ, डण्डपाणी पाण्डे, लुम्बिनी प्रदेश अध्यक्ष काँशीराम पोख्रेल, केन्द्रिय सदस्य एवं प्रदेश ईन्चार्ज केदार सापकोटा, महिला उपाध्यक्ष तुलसा नेपाल, भजन गायक घनस्याम पाण्डे, निरला शर्मा, सरस्वती पन्थ, पाल्पा जिल्ला अध्यक्ष मन्जु पाण्डे लगायतको समेत सहभागीता रहेको थियो ।

