
भुवन भुसाल, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा महिनावारी स्वच्छता सम्बन्धी वक्त्तीत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा बिद्यालयकी सरस्वती माध्यमिक बिद्यालयकी आस्मा न्यौपाने प्रथम हुनुभएको छ । त्यस्तै श्रृंगा जनता माध्यमिक बिद्यालयकी कृतिका पौडेल द्धितिय हुनुभएको छ भने मैनडाँडा माध्यमिक बिद्यालयका सफल पौडेलले तृतिय स्थान हाँसिल गर्नुभएको छ ।
बिहिबार गाउँपालिकाको सभाहलमा आयोजना गरिएको प्रतियोगितामा १० वटा माध्यमिक बिद्यालयबाट प्रतियोगीको सहभागिता रहेको स्वास्थ्य शाखा प्रमुख श्याम सुन्दर पोखरेलले बताउनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेय, उपाध्यक्ष साबित्रा ज्ञवाली, प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डे, बिभिन्न बिद्यालयका प्रधानाध्यापक, शिक्षाप्रेमी समाजसेवीहरु समेतको भव्य सहभागीता रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले महिनावारी स्वच्छताका बिषयमा चर्चा गरेका थिए । ईतिहासका दिनहरु स्मरण गर्दै बदलिदो समाजमा महिनावारी स्वच्छता सम्बन्धी चेतनाको बृद्धि भएको र यसले महिलाहरुको स्वास्थ्यमा सकारात्मक असर गरेको सहभागीहरुले बताएका थिए ।
कार्यक्रमको संचालन गाउँपालिकाको स्वास्थ्य शाखाकी सिनियर अहेव सपना टण्डनले गर्नुभएको थियो ।

