हुँगामा महिलाहरुका लागी क्षमता बिकास तथा कानुनी अधिकार सम्बन्धी तालिम सम्पन्न

असार ४ गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका वडा नं १ हुँगामा महिलाहरुको लागी क्षमता बिकाश तथा कानुनी अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वडा नं १ को कार्यालयको सभाहलमा आयोजित तालिममा वडा भित्रका ४० जना महिलाहरुको सहभागीता रहेको थियो ।

तालिमको समापन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष घनस्याम न्यौपानेले आजका महिलालाई थप क्षमतावान बनाउन वडा कार्यालयले बजेट बिनियोजन गरेको बताउनुभयो । उहाँले अनेकन तालिम संचालन गरिएको तर त्यसको कार्यान्वनको अवस्थाको बारेमा पनी अब लेखाजोखा गर्ने समय आएको बताउँदै सिकेका सिपलाई व्यवहारमा लागुगर्दै आयआर्जनको माध्यम बनाउन सुझाब दिनुभयो ।

तालिममा सहभागीहरुले वडा कार्यालयले तालिमको आयोजना गरि आफुहरुमा चौतर्फी ज्ञानको बिस्तार गर्न सहयोग गरेकोमा आभार व्यक्त गरेका थिए ।

समापन कार्यक्रमकी अध्यक्ष समेत रहनुभएकी गीता भण्डारीले सरकारले महिलाहरुलाई बिशेष महत्व दिएर लगानी गरिरहेको बताउँदै सिपलाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो । समापन कार्यक्रमको संचालन वडा सचिव माधब भण्डारीले गर्नुभएको थियो ।

तालिमको सहजिकरण अधिवक्ता अजयमान कर्मचार्य र संचारकर्मी भुवन भुसालले गर्नुभएको थियो ।
कार्यक्रममा वडा सदस्यहरु जिवन भण्डारी, प्रीयंका सुनार लगायतको समेत सहभागीता रहेको थियो ।