
गुल्मी । आज असार २५ गते स्थानीय सरकारले भुक्तानी दिने अन्तिम दिन । स्थानिय सरकारका लेखा शाखामा फाईलका चाँङ थुपारिएका छन तर स्थानीय संचित कोष व्यवस्थापन प्रणाली सुत्रको सुस्त गती होईन खुल्दै नखुल्ने समस्या देखिएको छ ।
भुक्तानीको अन्तिम दिन मात्र होईन एक हप्ता अगाडी देखि नै सुत्रको गती सुस्त हुँदा यो समस्या देखिएको लेखा अधिकृतहरु बताउँछन । आज यसैगरी प्रणाली नचल्ने हो भने स्थानीय तहले भुक्तानी गर्नुपर्ने रकम तिर्न नसक्दा दायित्व बढ्ने छत्रकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले बताउनुभयो । “आन्तरिक आम्दानी नगन्य छ , स्थानीय सरकार आफैले यो दायित्व बहन गर्ने सामथ्र्य राख्दैन केन्द्र सरकारले समय थप्नुपर्ने हो खै के हुन्छ हेरौं” पाण्डेले भन्नुभयो ।
अघिल्ला बर्षमा भने यति सार्है समस्या नदेखिएको लेखा अधिकृतहरु बताउँछन । प्रबिधिको नारा दिएर नथाकेका रास्वपा बाट निर्वाचित सांसद सागर ढकाललाई यस बिषयमा बुझ्न खोज्दा फोन उठेन ।

