छत्रकोट आधारभुत अस्पतालका प्रमुख डा. नारायणको बिदाई


भुवन भुसाल, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा अवस्थित छत्रकोट आधारभुत अस्पतालका डा. नारायण न्यौपानेको बिदाई गरिएको छ । २ वर्ष आधारभुत अस्पतालको मेडिकल अधिकृतको रुपमा कार्यरत डाक्टर न्यौपानेको स्थानियहरुले बिदाई गरेका हुन ।

डाक्टर न्यौपानेले छत्रकोटले दिएको मायाँ र साथका लागी धन्यवाद व्यक्त गर्दै आगामी दिनमा थप ज्ञान आर्जन गरि छत्रकोट आउने बताउनुभयो । उहाँले बिदाईको बेलाको क्षण बिशेष बनाईदिएकोमा स्थानियहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा स्थानिय समाजसेवी, व्यवसायी एवं राजनितिक व्यक्तिहरुको समेत सहभागिता रहेको थियो । डाक्टर न्यौपानेलाई बिदाई गर्दै स्थानियहरुले सरल र मिजासिलो स्वभाव र बिरामीहरुसंग गरेको व्यवहारको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।