
भुवन भुसाल, गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा एकै दिन ७ सय बढि बिरुवा रोपिएको छ । गाउँपालिकाको आव्हानमा मदन भण्डारी राजमार्गको छेउमा बृक्षारोपण गरिएको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिनुभयो ।
बृक्षारोपणका लागी गाउँपालिकाले खाडल खनेर तयार गरेको थियो भने रुरुक्षेत्रका स्थानिय, जनप्रतिनिधी, टोल बिकास संस्था, आमा समुह, प्रहरी लगायतको सहभागिता रहेको थियो । बृक्षारोपण जुन उत्साहका साथ गरिएको छ सोही उत्साह संरक्षणमा पनी हुनुपर्ने अध्यक्ष ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार भर्खरै निर्माण सम्पन्न भएको मदन भण्डारी राजमार्गको सौन्दर्यकरण र पर्यावरण जोगाउन बिभिन्न समयमा फुल्ने फरक फरक जातका फुलका बिरुवा रोपिएको हो ।

