बिध्यार्थी नेता सृष्टि महाधिवेशन प्रतिनिधीको आकांक्षी

असोज १४, बागलुङ, नेपाली कांग्रेसको १५ औं महाधिवेशनका लागी धमाधम अधिवेशन चलिरहेका छन् । अधिवेशनमा पहिलेका अधिवेशनका तुलनामा युवा प्रतिनिधीहरु बढेका छन् भने महाधिवेशन प्रतिनिधीमा पनी युवा आकांक्षी नै धेरै रहेको पाईएको छ ।

यता बागलुङमा पनी आज क्षेत्रीय अधिवेशन चलिरहँदा युवा उम्मेद्धवारहरु आकांक्षीका रुपमा धेरै देखिएको बिध्यार्थी नेता सृष्टि आचार्यले बताउनुभयो । उहाँले समयको माग अनुसार युवाहरु महाधिवेशन प्रतिनिधीको रुपमा आकांक्षा राख्नु पार्टी र देशकै लागी सुखद भएको बताउँदै आफु पनी महाधिवेशन प्रतिनिधी पदको आकांक्षी रहेको बताउनुभयो ।

गाउँमै बसेर, गाउँकै क्याम्पसमा राजनिती सिकेर, भुगोल बुझेको, गाउँको आवस्यकता बुझेको र युवाको भावना पनी बुझेकाले आफ्नो उम्मेद्धवारी स्वभाविक रहेको बताउँदै आचार्यले सर्वसहमत वा निर्वाचन जे भएपनी आफु उम्मेदवार रहेको बताउनुभयो ।

आज गाउँ रित्तिदै गएको छ, हामीले फेरि गाउँलाई पहिले जस्तै आर्कषक बनाउनु छ, हराउँदै गएको धर्म, संस्कार सस्कृति पुनः फैलाउनु छ त्यसका लागी केन्द्र र गाउँ जोड्नु मेरो उद्धेस्य हो आचार्यले भन्नुभयो । उहाँले केवल आफु कसैको समर्थक बन्न मात्र नभई निति निर्माणमा सहभागीताका लागी राजनितीमा आएको समेत बताउनुभयो ।